२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कांग्रेस अधिवेशन : गुल्मी मुसिकोटको मतदान स्थगित

११ मंसिर २०७८, शनिबार ११:३२

मंसिर ११, गुल्मी, न्युज काराखाना | नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको मतदान भने सकिएको छ ।

उमेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरू हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्टले जानकारी दिए । उनले सहमतिको प्रयास भए पनि आजै मतदान हुने सम्भावना कम भएको बताए । जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदिश भटराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भिम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह