2026-10-14 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा मतदाता नामावली सङ्कलन कार्य सुरु हुँदै

 मंसिर १५, अछाम, कल्पना बोहरा/न्युज कारखाना | अछाममा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर अछाममा पनि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको हो । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो । 

मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने बताइएको छ । ६ गाउँपालिका र ४ नगरपालिका सहित १० स्थानीय तह रहेको अछाममा पहिलो चरणमा मंसिर १७ गते देखि मङ्सिर २६ गते सम्म जिल्लाका कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिकामा सञ्चालन हुनेछ ।

दोस्रो चरणमा मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ । 

मंगलसेन नगरपालिकाका मतदाता र जिल्ला भित्रका अन्य मतदाताहरूले जिल्ला निर्वाचन कार्यालय अछाम तथा जिल्ला प्रशासन कार्यालय अछाममा रहेको मतदाता नामावली संकलन कक्षबाट सेवा लिन सक्ने कार्यालय प्रमुख थारुले बताए । उनले बाह्य जिल्लाबाट आएका नागरिकका लागी पनि मतदाता नामावली कार्य सञ्चालन हुने जानकारी दिए । नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ ।

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् । फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

अछाममा हालसम्म १ लाख ४८ हजार ४ सय जनाले भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निमित्त जिल्ला निर्वाचन अधिकारी थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश