२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोइलावास नाकाको कथा : कुनै बेलाको व्यापारिक थलो अहिले मृत जस्तै

२०७८, १७ मंसिर शुक्रबार ०८:५७

मंसिर १६, दाङ | दाङको कोइलावास नाका अहिले सुनसान छ । पूर्वपश्चिम राजमार्गको लमहीबाट ३३ दशमलव ४४ किलोमिटर दक्षिणमा पर्ने कोइलावास कुनै बेला ‘नसुत्ने शहरको रूपमा चिनिन्थ्यो । तर, अहिले मृत प्राय: छ । राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर जस्तै बनेको छ ।

रुकुम, सल्यान, प्युठान, दाङलगायतका ठाउँबाट नुनदेखि सुनसम्म खरिद बिक्री गर्न व्यापारी र उपभोक्ताहरूका लागि कोइलावास नाका प्रमुख बजार थियो । तर, अहिले यही कोइलाबास नाकाका नागरिक सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता छ । टाउको दुख्दा सिटामोल लिनसमेत भारतमै पुग्नुपर्ने बाध्यता छ । यति मात्र हैन पानीका लागिसमेत भारत जानुपर्ने बाध्यता छ । 

गढवा गाउँपालिका- ८ मा पर्ने कोइलावासका नागरिकले अहिले धेरै दुःख पाएको बताउने गरेका छन । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन उनीहरूका लागि । त्यहाँका जनता कोइलावासबाट करिब २४ किलोमिटरको दूरीमा रहेको भारतको तुल्सीपुरमा बजार जान बाध्य छन् । 

कोइलावास नाका पुग्दा अधिकांश घरहरू पुराना र भग्नावशेष अवस्थामा पुगिसकका छन । नयाँ निर्माण छैनन् । पक्की घरहरू समेत जीर्ण भएका छन् । धेरै घरहरू रूखले ढाकिएको अवस्थामा छन् । सशस्त्र सीमा सुरक्षा बल, नेपाल प्रहरी अहिले पनि कोइलावासमा छन् । त्यससँगै भन्सार कार्यालय कोइलावास पनि अस्तित्वमै छ । २०४० सालअघि दिनरात चहलपहल हुने कोइलावास नाका २०५१-०५२ सालदेखि ठप्पजस्तै भयो । व्यापारीहरू व्यापार गर्न दाङ देउखुरी, घोराही, लमहीतिर लागे । कुनै व्यापारी भारततर्फ लागे 

मधुरी ठाकुर उहिलेको कोइलावास हेरेर अहिले अचम्ममा पर्ने गरेको बताउँछन । ‘कोइलाबास खोलामा तत्कालीन गाउँ पञ्चायतले फिताले नापेर बजार लगाउन दिन्थ्यो । तर, अहिले त्यही खोला बस्तीबाट ५० मिटर तल हुँदै बगेको छ', उनले भने,  'त्यो बेलाको वर्णन गरेरै साध्य छैन ।

२०२५ सालमा कोइलावास-देउखुरी-लमही कच्ची सडकले जोडिएको थियो । तर, कोइलावास पुग्न लमहीबाट डाँडाहरू कटेर जानुपर्थ्याे  । कच्ची सडकले जोडिएको भए पनि व्यापारीहरू राँगा, घोडा, खच्चडमा व्यापार गर्न आउने गर्दथे । गढवा गाउँपालिका-८, कोइलावास नाकाबाहेक यही वडामा अरू पनि भारतसँग जोडिएका सीमा नाका छन । साविकको कोइलावास १ देखि ९ वटा वडा मिलेर गढवा वडा नं ८ बनेको हो । भौगोलिक हिसाबले पनि यो वडा अस्तव्यस्त बनेको छ । विकासका योजनाहरू एकै ठाउँमा राखेर समग्र वडाको विकास गर्न सम्भव छैन ।

कोइलावास ‘मृत शहर बन्नुको खास एउटै कारण यहाँको सडक हो । त्यहाँका मानिस सडककै कारण कोइलावास सुकेको बताउँछन । २०३०-०४० सालसम्म सडक नभएपछि व्यापारीहरू त्यहाँबाट अन्यत्र बसाइ सर्न थाले । त्यही अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका खुल्यो । त्यो बाटो नियमित चल्न थालेपछि व्यापारीहरू त्यही भन्सार प्रयोग गर्न थाले । विस्तारै कोइलावास शून्य हुँदै गयो । मानिसहरूको भिडभाड हुन छाडेपछि व्यापार चौपट भयो । केही उपाय नलागेका मात्र त्यहाँ बसे ।

कुनै बेला कोइलावासको जनसंख्या २० हजारभन्दा बढी थियो । तर, अहिले यहाँ मुस्किलले एक हजार ३०० मात्र जनसंख्या छ । २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा मतदाता ३५० मात्र थिए । तीमध्ये पनि करिब ५०० जना नागरिकताविहीन छन । कोइलावास नाकाबाट दाङ लमही ३३ किलोमिटरको दूरीमा रहे पनि अहिलेको अवस्थामा पनि सवारीसाधनमा लमही पुग्न दुईदेखि तीन घण्टा लाग्छ । त्यही कारण यहाँका जनता भारतमा निर्भर छन् । भारतले नाकामा कुनै अवरोध गरे यहाँका जनता भोकै मर्नुको विकल्प छैन । कोइलावासमा पर्याप्त जमिनसमेत छैन । यहाँ हुने भनेको तोरी र गहुँ मात्र हो, त्यो पनि बीच पहाडमा हुने गर्छ । अरू सबै किनेर खानुपर्ने बाध्यता छ ।

कोइलावास सुक्नुमा त्यतिवेला लमही-कोइलावास सडक नबन्नु, यही अवस्थामा कृष्णनगर भन्सार खुल्नु एउटा संयोग मानेका छन् स्थानीयले । चहलपहल हुँदाको अवस्थामा बनेका संरचना चिन्न सक्ने अवस्थामा छैनन् । घरमै रूखहरू उम्रिएर ठूला भएका छन । केही घरका भग्नावशेष मात्र छन् ।

कुनै बेला नेपाल बैंक, नेपाल राष्ट्र बैंक, भन्सार, प्रहरी चौकी, सशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालय रहेको कोइलावासमा अहिले प्रहरी चौकी, भन्सार र सशस्त्र प्रहरी बलको क्याम्प मात्र छन् । तत्कालीन गाउँ पञ्चायतको भवन नचिन्ने अवस्थामा छ । द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले बम पड्काएर ध्वस्त पारेको सशस्त्र प्रहरी बलको भवन पनि जीर्ण अवस्थामा छ । भएका साना उद्योगका संरचना, तोरी मिल भएका संरचना पनि अहिले जीर्ण अवस्थामा छन् । यो नाकामा व्यापार गर्ने बढी मात्रामा बनियाँ व्यापारीहरू थिए । ती व्यापारीहरू अहिले लमही, देउखुरी, दाङ तुल्सीपुर पुगेका छन् । उनीहरूले प्रयोग गरेका लालपुर्जासहितका भवन भने जीर्ण र दूरावस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने