प्रेम सुनार/भदौ ५, गुल्मी । गए राती अरिङ्गालले टोकेर गुल्मी बडागाउँका एक युवाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बडागाउँ–७  ठुलापोखराका ३३ वर्षिय कुमार कार्कीको मृत्यु भएको हो ।

सोही वडा चुँदरी गाउँका २९ वर्षिय कृष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ ५, गुल्मी । गए राती अरिङ्गालले टोकेर गुल्मी बडागाउँका एक युवाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बडागाउँ–७  ठुलापोखराका ३३ वर्षिय कुमार कार्कीको मृत्यु भएको हो ।

सोही वडा चुँदरी गाउँका २९ वर्षिय कृष"/>

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरिङ्गालले टोकेर एक युवाको मृत्यु, एकको अवस्था गम्भीर

५ भाद्र २०७३, आईतवार १०:०८

प्रेम सुनार/भदौ ५, गुल्मी । गए राती अरिङ्गालले टोकेर गुल्मी बडागाउँका एक युवाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बडागाउँ–७  ठुलापोखराका ३३ वर्षिय कुमार कार्कीको मृत्यु भएको हो ।

सोही वडा चुँदरी गाउँका २९ वर्षिय कृष्ण सुनार सख्त घाईते भई रेसुङ्गा अस्पताल तम्घासमा उपचार गराई रहेका छन् । त्यस अस्पतालका डाक्टर निरञ्जन पन्तले कार्कीको अहिले सवा ११ वजे अस्पतालमा उपचार गराई रहेको अवस्थामा मृत्यु भएको बताए ।

सुनारको अवस्था पनि गम्भीर भएको उनले जानकारी दिए । चुँदरीगाउँका सुनार र कार्कीका छिमेकी विजय सुनारका अनुसार हस्तीचौर २ को खहरे नजिकै छापचौरमा उनिहरु अरिङ्गाल पोल्न गएका थिए ।

अरिङ्गालले टोकेर घाईते भएका उनिहरुले विजयलाई राती साढे १२ वजेको समयमा फोन गरेर वोलाएका थिए । तर उनिहरुलाई अरिङ्गालले भने साढे १० वजेतिर टोकेको र वारी क्षेत्रबहादुर जिसीको परिवारले पारीबाट आफ्नो घरमा ल्याई राखेको र त्यहाँबाट राती नै विजय र अर्को एक जनाले वाईकमा तम्घासको रेसुङ्गा अस्पतालमा ल्याएर भर्ना गरेका थिए ।

श्रीमानको मृत्यु हुँदा श्रीमतिलाई वास्ता छैन्

कुनै समय भारतिय सेनाको लाहुरे र निकै आकर्षक युवा थिए गए राती अरिङ्गालले टोकेर मृत्यु भएका उनै कुमार कार्की । खाई लाग्दो लाहुरे कुमारलाई श्रीमान बनाउन पाउ भनेर कामना गर्थे कैयौं युवतीहरु ।

ति मध्ये कार्कीले छिमेकी गाविस मुसिकोटकी एक युवतीलाई मात्र औधी मन मराउँथे । लामो समयको प्रेम सम्वन्ध पश्चात उनिहरु वैवाहिक सम्वन्धमा गाँसिए ।

उनिहरुको सम्वन्ध केहि वर्ष निकै सुमधुर रह्यो । तर पछि खै कारण हो उनिहरु विचमा सम्वन्ध विग्रीयो । कुमारले भन्ने गर्थे मलाई वुटवलका केटाहरु समेत लागाएर पिट्ने समेत लगाई भनेर । जव उनि श्रीमति संगको सम्वन्धले तनावमा परे त्यस पछि उनले जागिर छाडेर घरमा लफङ्गीन थाले ।

उनले जागिर छाडेर आवारापन देखाउन थाले पछि उनकी श्रीमतिले छाडेर माईतीमा बस्न थालिन । भारतिय सेनामा प्रसस्तै कमाएका कुमार पछि आर्थिक रुपले निकै संकटमा परे ।

उता श्रीमतिले माईती मै वसेर सम्पत्तीको दावी गर्न थालिन । कुमार झन पछि झन  जाँड रक्सीमा वल गर्न थाले । कुमारका वावु पनि भारतिय सेनामा थिए । उनका वावुको पनि त्यस्तै लाउलाउँ खाउँखाउ भन्ने उमेरमा मृत्यु भएको थियो ।

श्रीमानको त्यो अवस्थामा मृत्यु भए पछि कुमारकी आमाको मानसिक सन्तुलन विग्रीयो । घरमा कुमारको हेरविचार गर्ने भनेकै उनकी आमा थिईन तर मानसिक सन्तुलन विग्रेपछि उनले आमाको स्यहार सुसार पनि पाउन सकेनन् । त्यसैले पनि कुमार आवारा बने ।

दिनभरी मजदुरी गर्थे  साँझ  परे पछि को छ र मेरो आफ्नो भन्ने ? भन्दै जाँड रक्सी खाने गर्दथे । श्रीमतिको याद भुलाउने चिज भनेकै उनका लागि कडा मदिरा थियो । त्यसैको साहरामा उनले एक दशक भन्दा बढि समय सम्म एक्लो जिवन विताएका थिए ।

एकदमै मिलनसार र गाउँमा जसको पनि दुखमा लाग्ने कुमारको मृत्युले उनको गाउँ मात्र होईन छिमेकी चुँदरीगाउँ , दाम्का , चौर , भराह , थुम्का, सेनीपिप्ले र पारी खहरे सम्मका वासीन्दाहरुमा  आज रुवावासी छ ।

तर श्रीमतिलाई श्रीमानको मृत्युले कत्ति नपोलेको स्थानियले बताए । चौरका शिक्षक कृष्ण सुर्यवंशीले भने अस्पतालमा भर्ना भएका कुमारलाई भेट्न उनका दाजु र भाई समेत आज दिउँसो अवेर सम्म गएका थिएनन् ।

नेपाल पत्रकार महासंघका सचिव तारा भुसालले ति  घाईतेहरुलाई कुनै आफन्त कोही छैनन् लौन वोलाई दिनु प¥यो भने पछि तम्घासमै रहेकी छिमेकी निरा सुनारलाई त्यहाँ पठाईयो ।

उनि पुगेको दुई मिनेट नवित्दै कुमारको पराण पखेरु गएको खवर आयो । त्यति वेला सम्म घरबाट उनका दाजु र भाउजुहरु हिडेका थिएनन् ।  शिक्षक सुर्यवशीलाई पछि सम्पर्क गर्दा भर्खर पठाईयो र हामी पनि हिड्दैछौं भने । श्रीमतिलाई वालाउनु भएन भन्ने प्रश्नमा शिक्षक सुर्यवंशीले भने यहाँ नै छैनन त कसरी बोलाउनु ? वास्तै छैन् ।

लाहुरे  छँदा कुमारले श्रीमतिका रहरका कुराहरु धेरै पुराए । गहना, कपडा गाउँका अरु वुहारीका भन्दा वेसी हुन्थे । कहिले तम्घास र कहिले वुटवल पुराउथे । वजारमा डेरा गराएर सयलको जिवन पनि विताई दिए ।

माईत गएर वस्दा पनि धेरै पटक लिन गए । यो पंक्तीकार छिमेकी भएकोले पनि कुमार र उनकी जिवन संगिनीका वारेमा धेरै थाह छ् । उनी कहिले काँही श्रीमतिको सम्झना गर्दै रुन्थे । उनको कुरा निकाल्दै गर्दा थाप्लो हान्दै रक्सीको वोत्तल ठाड्ठाडै पिउँथे ।

उनिहरुको सुरु सुरुको प्रेम सम्वन्धको स्मरण गर्दा र आज उनको मृत्यु हुँदा तिनै एक समयकी मुटुकी टुक्रालाई अन्तिम एक नजर  देख्न पनि पाएन् कुमारले ।  कुमारको  दुखत मृत्युको खवर गर्न  मेरो भाई सुदिपलाई  फोन गरें । तर मेरो मुटु भरियो र  बोल्न सकिन । उनि मेरो भाई सुदिपका यति मिल्ने साथी थिए ।

उनि गाउँमा वौलाह जस्तो भएर उनको घर र श्रीमतिले हेला गरे पनि हाम्रो परिवारले उनलाई परिवारकै सदस्य जस्तो ठानि रह्यो । उनले हाम्रो पविार लगायत त्यो गाउँमा मर्दा पर्दा मध्ये रात भनेन् । घाम पानी केही भनेन । असाध्धै सहयोगी उनलाई हिजो राती देखि अस्पतालको शैयामा छट्पटीदा त्यस अस्पतालका स्वास्थ्यकर्मी वाहेक मुखमा पानी हाली दिने आफन्तजन कोही भएन् ।

म यति वेला वुटवलमा छु । उनी मेरी श्रीमति निरा  अस्पतालमा पुग्दा छट्पटीएका थिए ।  निरा भाउजुलाई उनले चिन्न समत सकेका थिएन् । कठै उनको आत्माले के भनेको होला ।

उनको वल ताकत र पैसा छउञ्जेल सवको हाई हाई भए कुमार तर मर्ने वेलामा आमा…. आमा……….दाई………… दाई ……….हे बुढी भन्दै छट्पटिदा पनि उनले एक झलक कसैको नजर  पाउन सकेनन् । भाई कुमार मैले भर्खरै फोन गरेर सोधे । एक्लो भाउजु तिम्रो शव कुरेर बसेकी छिन् । तिमो मृत्यु भएको डेढ घण्टा भयो अहिले । 

गाउँबाट कोही आएका छैनन यति वेला सम्म । तिम्रो श्रीमतिलाई लिन भने कृष्ण सर उनि वसेको स्थान सम्म जानु भयो रे । उनले म किन जाने एक्लै बसेकी मान्छे भन्दै आउन मानिन रे । यता अस्पतालले श्रीमति चाहिन्छ भनेको छरे । तर उनि नमाने पछि तिम्रो शव उठ्न पनि ढिला र झण्झट हुने भयो ।

सायद वोलेको आगो सवले ताप्छन भनेको यहि होला भाई ।  ओहो………..यो स्वार्थी दुनिया……..। कुमार जस्तो सवैको अर्गेलो र एक्लो भएर कसैलाई मर्न नपरोस् । अलविदा भाई कुमार तिमिले जिवित छउञ्जेल त्यस समाजमा गरेको सहयोग म , मेरो परिवार र गाउँका कुनै पनि मान्छेले कहिल्लै भुल्ने छैन् ।

भाई कुमार एउटा कुरा अर्को जन्ममा पनि कशिल्लै नभुल्नुकी श्रीमति भनेका स्वार्थका हुन् । पैसाका हुन ,ईज्जत छउञ्जेल सम्मका मात्र हुन् ।

उनीहरुको स्वार्थ पुरा हुँदा सम्म पाउ पनि मोल्छन त्यो नभए लात हान्छान्, जे पायो त्यसले टाउको फोरी दिन्छन् । भाई कुमार म आज टाढा छु । तिम्रो शव देख्न पनि नपाएकोमा निकै पछुतोमा छु । तर टाढैबाट भए पनि भाई कुमार तिम्रा हजार सम्झनाका अश्रुधारा बगाँउदैं हार्दिक श्रद्धाञ्जली !!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन