पुस १९,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धानको उत्पादन कम हुँदा किसान निरास

२०७८, १९ पुष सोमबार ११:०१

पुस १९,वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि बालीमा दाना पलाउने बेला देखिएको किराको प्रकोप र बेमौसमी वर्षाले पु¥याएको नोक्सानीका कारण अपेक्षित उत्पादन हुन नसक्दा किसान निरास भएका हुन् ।

पर्सा जिल्लामा विशेषगरी चैते, अगहनी, भदैयालगायत प्रजातिका धान रोप्ने गरिन्छ । यस वर्ष बेमैसमी वर्षा र किराको प्रकोपका कारण धान उत्पादनमा कमी आउँदा किसान निरास भएको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाह बताउनुहुन्छ ।

असार महिनाको सुरुदेखि नै मौसमले साथ दिएका कारण यस वर्ष धानको बाली अत्यन्त राम्रो देखिएको र उत्पादन पनि गत वर्षभन्दा धेरै राम्रो हुने अपेक्षा गरिए पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र खैरो फड्के किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

गत वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा प्रतिहेक्टर ४.८५ मेट्रिकटनको औसतले दुई लाख २८ हजार ५६० मेट्रिकटन उत्पादन भएको थियो । त्यसको तुलनामा यस वर्ष ४७ हजार १३० हेक्टर क्षेत्रफलमा भएको रोपाइँबाट प्रतिहेक्टर ४.९४ मेट्रिकटन औसतले दुई लाख ३३ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साका अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

उहाँले गत वर्ष पर्सामा ३५ हजार हेक्टर अगहनी, तीन हजार ५०० हेक्टर चैते र आठ हजार ५५० हेक्टर भदैया रोपिएको थियो । यस वर्ष अगहनी ३५ हजार २० हेक्टर, चैते ३ हजार ५५० हेक्टर र भदैया आठ हजार ५६० हेक्टर भएको उहाँले बताउनुभयो ।

गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिकटनको औसतले एक लाख ६६ हजार २५० मेट्रिकटन अगहनी, ५.१ मेट्रिकटन प्रतिहेक्टरको औसतले १७ हजार ८५० मेट्रिकटन चैते र ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४४ हजार ४६० मेट्रिकटन भदैया धानको उत्पादन भएको अधिकृत कुर्मीले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष असार महिनाको सुरुदेखि आकासे पानी परेका कारण धानको बिरुवा राम्ररी पलाएको र उत्पादन पनि राम्रो हुने किसानले आसा गरे पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको बताउनुभयो । ४.८ मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ६८ हजार ९६ मेट्रिकटन अगहनी, ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले १८ हजार ८१५ मेट्रिकटन चैते र ५.४ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४६ हजार २२४ मेट्रिकटन भदैया धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने