Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चिसो बढेपछि विद्यालयमा पठनपाठन बन्द

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २२, काठमाडौँ | </b>चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।<br></p><p>बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । पछिल्लो एक सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ । त्यसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख यादवको भनाइ छ । स्थानीय तहहरुले विद्यालय बन्दका आ–आफ्नै मापदण्ड तय गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ तीन दिनका लागि बन्द गरिएको प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।</p>