पुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएरात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएरात"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

बरभञ्ज्याङ आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति

२२ पुष २०७८, बिहीबार ०६:००

पुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०:४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा उहाँको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद रु सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा रु ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उक्त आगलागी छिमेकी रामजीत राई र मनबहादुर राईको घरमासमेत सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करिब रु ३५ लाख मूल्यका सम्पूर्ण सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करिब रु पाँच लाख मूल्यको क्षति भएको छ ।

यस्तै मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैँची गोदाम तथा रञ्जना राईको टेलर्समा आगलागी हुँदा रु ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नाङगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो । 

फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आगलागीमा घरबार गुमाएका छिमेकीको शरणमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान