पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबा"/>
2026-09-16 09:27 AM
ओखलढुङ्गा - OKL

रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे

पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबाट समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगेका छन् ।

जिल्लामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोबाट भाद्र ४ गते समाचार प्रशारण भएपछि पशुसेवा केन्द्र खिजीफलाटेबाट  सेवाकेन्द्र प्रमुख लोकेन्द्र फुयाल ६ गते प्रभावित क्षेत्र खिजीकाती पुग्नु भएको हो ।‘सामान्य गुनासो आएको बाहेक प्रकोप फैलीएको विषयमा जानकारी नभएकाले नै त्यहाँ गएर सेवा दिन नसकेको हो’सेवाकेन्द्र प्रमुख फुयालले भन्नुभयो ‘पत्रकार साथीहरुले जानकारी दिनुभयो, रेडियोमा समाचार सार्वजनिक भयो म तत्काल गाँउमा पुगेर सेवा दिएँ ।’उहाँका अनुसार खिजीकातीमा भ्यागुते,खोरेत र अन्य मौषमी रोगको प्रकोप पशुवस्तुमा फैलीएको पाईएको छ ।

पशुसेवा केन्द्रका प्रमुख फुयालले घरघरमा पुगेर सेवा दिएपछि स्थानिय कृषकहरु खुसी भएका छन् । पेट एकाएक फुल्ने,शरीर सुन्नीने,केहि समयपछि मुखबाट फिज आउने,ज्वरो देखापर्ने,र त्यसको केहि समय भित्र पशु मर्ने समस्या बढ्दै गएसँगै करिब महिना दिन देखि फैलिएको अज्ञात रोगका कारण गाँउका  दर्जनौ पशु वस्तु मरिसकेका छन् । यो समय पशुवस्तुका लागि पनि विभिन्न रोगको जोखिमको समय भएकाले स्यारसुसारमा विषेश ध्यान दिन जिल्ला पशु सेवा कार्यालयले किसानलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु