पुस २३, दाङ(रासस) । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, दाङ(रासस) । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष मा"/>
२८ मंसिर २०८२, शनिबार
दाङ्ग - DNG

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई

२३ पुष २०७८, शुक्रबार ०७:५३

पुस २३, दाङ(रासस) । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु बस्तीमा पुग्दा  सबै जना माघीको तयारीमा जुटेका देखिन्थे ।

थारु जातिको सबैभन्दा मुख्य पर्व माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन जिल्लाका सबै थारु बस्तीमा बढेको छ । माघी आउन अब एक साता मात्र बाँकी छ । थारु समुदायका महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् ।  पुरुष मासुको जोहो गर्नमा व्यस्त छन् भने महिला रोटी पकाउने पिठोको तयारी तथा दुनाटपरी खुट्नमै व्यस्त छन् ।

कतिपयले माघीका लागि माछाको जोहो गर्न थालेका भेटिए । तुलसीपुर–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरीका अनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि रोटी पकाउनेलगायत काम एक हप्ता अगाडिदेखि नै गरिन्छ । रजौरामा सुँगुर घरघरमा बाँधेको देखिन्थ्यो भने महिला दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे ।

आँगनमा दुनाटपरी बनाउँदै गरेकी ५५ वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै आउने भएकाले अहिलेदेखि नै काम भयाउनु पर्छ ।” यस्तै तुलसीपुर ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । बुहारीसँगै दुनाटपरी बनाउँदै गरेकी उहाँले भन्नुभयो, “पहिला टाढाको जङ्गलमा मालुकाका पात टिप्न जान्थ्यौँ, अहिले धेरै टाढा जान सकिन्न ।” 

 यस्तै तुलसीपुर–५ की ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउने तर्खरमा हुनुहुन्छ । उहाँले पात र  दाउराको जोहो भने गरिसक्नुभएको छ । अब माघीमा आवश्यक  परिकार बनाउनमा चौधरी लागिपर्नुभएको छ । मुला, अदुवा र गोलभेँडा मिलाएर उहाँले अचार बनाउँदै हुनुहुन्छ । ढिक्री भने  माघी आउन एक दिन बाँकी छँदा मात्रै बनाउने उहाँको योजना छ । 

उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, सुँगुरको मासु जोहो गरिसक्यौँ, अब माछा मार्न दिदी बहिनीसँग सल्लाह भएको छ ।” माघीमा माछा मार्न बबई नदी जाने तयारी छ । तुलसीपुर–१७ की ५५ वर्षीया लीला चौधरीले घरबाट टाढा माछा मार्न जाँदा रमाइलो हुने गरेको अनुभव सुनाउनुभयो ।” माघीमा घरघरमा सुँगुर काट्ने चलन छ । यसलाई उनीहरुको भाषामा ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार०, माछालगायतको परिकार खाएर रातभर नाचगानका साथ रमाइलो गर्ने चलन छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।

 माघीमा नाचिने विशेष मघौटा नाच अघि पछि पनि लोकप्रिय छ । यसैबीच जिल्लामा पुसको दोस्रो हप्तादेखि माघी महोत्सव तथा नृत्य प्रतियोगिता सुरु भइसकेका छन् । जिल्लाका तुलसीपुर, घोराही, लमहीलगायतका स्थानमा थारु संस्कृति झल्कने त्यस्ता प्रतियोगिता सुरु भएका हुन् । थारु बाहुल्यता रहेका गाउँमा बिहानैदेखि माघी विशेष थारु गीत गुञ्जिन्छने । 

थारु युवायुवती आफूलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्न किनमेल गर्न नजिकैका बजार पुग्छन् । केही दिनदेखि तुलसीपुर क्षेत्रमा कोरोनाका बिरामी बढ्न थालेका छन् । अब सतर्कता अपनाएर मात्र माघी मनाउनुपर्ने स्थानीय पत्रकार अञ्जना चौधरीको भनाइ छ । माघीमा जम्मा भएर घरघरमा गएर जाच्ने, थारु परिकार खाने चलन छ । माघेसङ्क्रान्तिको दिन बिहानै सबै जना नजिकैको खोला, जलाशय वा पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । घरदेखि टाढा काम तथा अध्ययन गर्न गएका थारु समुदायका व्यक्ति माघीमा आ–आफ्नो घर फर्किन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह