२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा २६३ नयाँ मतदाता थपिए

२४ पुष २०७८, शनिबार ०६:०२

पुस २४, काठमाडौँ | हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको थियो ।

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी छ । 

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन् । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, उहाँले भन्नुभयो । सङ्कलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता छ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह