पुस २५, पाल्पा ।  पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, पाल्पा ।  पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी

२०७८, २५ पुष आईतवार ०६:३६

पुस २५, पाल्पा ।  पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ । सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको जनाइएको छ । 

तानसेन नगरपालिको गौणे पुलदेखि प्रभाषसम्म २४ होटल तथा रेष्टुरेण्टमा खाने तेलको परीक्षण गरेको थियो । अनुगमन गर्दा तीन होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि रहेको भेटिएको थियो, जस्लाई नेपाल सरकारले मान्यता दिएको छैन ।त्यस्ता वस्तुलाई जफत गरी स्थानीय प्रशासनले नियन्त्रणमा लिनाका साथै खान योग्य तेल प्रयोग गर्न सचेत गराएको थियो । टोटल पोलार मटेरियल बढी रहेका करिब छ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेकोे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।

यसैगरी तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरु लागि  प्रयोग गरिएको मसीको रसायनले खाद्य वस्तुलाई असर गर्ने भएकाले त्यस्ता बस्तुको सेवनले पनि मानव स्वास्थ्यलाई हानिकार हुने प्रमुख श्रेष्ठले बताउनुभयो । जिल्ला  उद्योग वाणिज्य संघका प्रतिनिधि सरोज शाक्यले व्यवसायीलाई गुणस्तरीय बस्तु प्रयोग गरी किनबेच गर्न अनुरोध गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो