पुस २७, रासस | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, रासस |
२१ मंसिर २०८२, शनिबार
दाङ्ग - DNG

कोरोनाका कारण माघी मेला स्थगित

२७ पुष २०७८, मंगलवार ०६:१३

पुस २७, रासस | कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो । 

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताउनुभयो । आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ ।  मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उहाँले बताउनुभयो । यो मन्दिरमा भेडाको बलि दिइने र  परेवा उडाइने गरिन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिनुभयो । 

बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको  छ । एउटा डुङ्गामा चारजना बसेर सयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिनुुभयो । मन्दिर व्यवस्थापन समितिसँग पाँच वर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइबरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ  । 

प्रालिका अध्यक्ष जगत दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याइएको बताउनुभयो । लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दथे । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दथ्यो । यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको सङ्ख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो । थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भान्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिनुभयो । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन् । 

दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ । नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेको भन्दै उहाँले मेला महोत्सवका कार्यक्रम नहुने बताउनुभयो । भीडभाड हुने कार्यक्रम गर्ने समय छैन, त्यसैले सामाजिक दूरी कायम नहुने  भएकाले माघीको मेला नलाग्ने जानकारी दिनुभयो । 

जिल्लाका स्थानीय तहहरुले पनि कुनै पनि भेला, महोत्सव र मेला नगर्न र कोरोनाविरुद्धमा सतर्कता अपनाउन सूचना प्रकाशन गरेर आग्रह गरेका छन् । जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ । महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिनुभयो ।  माघी पर्वलाई सबैले सुरक्षित तरिकाले आफ्नो पारिवारिक भेटघाट गरेर मनाउन आग्रह गर्नुभएको छ । यही पुस २७ र २८ गते घोराहीमा  माघी महोत्सव सञ्चालन गर्ने योजना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा