पुस २७, वीरगञ्ज | सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले  धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, वीरगञ्ज | सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले  धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार "/>
2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मूल्य निर्धारणपछि धान बेच्ने भीड

पुस २७, वीरगञ्ज | सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले  धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार नौ सय दुई रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्टल रु दुई हजार ४००  छ  ।

यसरी निजीस्तरका उद्योगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरिद गर्न थालेपछि बारा र पर्साका किसानको सोना मन्सुली धान बिक्री गर्न कार्यालयमा भीड लागेको कार्यालय प्रमुख विकास कटुवालले जानकारी दिनुभयो  । 

यसपाली सरकारले किसानबाट धान खरिद गर्ने मूल्यमा निजीस्तरका  उद्योगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत मिलेको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाहले बताउनुभयो । 

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरिद गर्दै आएको हो । कार्यालयका अनुसार यसवर्ष यस कार्यालयले सोना मन्सुली धान १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य छ । यद्यपि हालसम्म करिब नौ हजार  सोना मन्सुली धान खरिद गरिसकिएको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । 

कार्यालयले धान खरिद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ । कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले