पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन "/>

2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मूल्य निर्धारण भएपछि धान बिक्री गर्न किसानको भीड

पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेर गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिनुभयो । तर गत आव २०७७/७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो । 

कम्पनीले अहिले रु दुई हजार ९०० का दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल रु दुई हजार २०० देखि रु दुई हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि तछाडमछाड गरेका छन् ।

यता कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसानबीच आफ्नो धान बेच्नका लागि हौसिएका छन् । कम्पनीका प्रमुख लिम्बूले भन्नुभयो, “निजीस्तरभन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानबीच तछाडमछाड भएको छ ।” उहाँले सबै किसानको धान बिक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्विन्टलका दरले खरिद गर्ने नीति लिएको जानकारी दिनुभयो । तर यसरी अुनपातमा कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाका ३५० किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकाले टोकन लिनका लागि अहिले किसानबीच व्यापक भीड बढेको हो ।

प्रमुख लिम्बूले भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मेहम्मे परेको बताउनुभयो । उहाँले बुधबार भीड नियन्त्रण गर्नका लागि प्रहरी बोलाउनुपरेको बताउनुभयो । उहाँले प्रहरी आउन ढिलो भएपछि करिब एक घण्टासम्म कार्यालय परिसर अस्तव्यस्त बनेको बताउनुभयो ।

अहिले कोरोना सङ्क्रमण फैलिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था रहेको तर किसानले आफ्नो धान छिटो बेच्नका छिटोभन्दा छिटो टोकन लिने प्रयास गर्दा भीड अनियन्त्रित भई होहल्ला हुने गरेको छ । बुधबारसम्ममा जिल्लाका २०० किसानले टोकन लिइसकेको कार्यालय प्रमुख लिम्बूले बताउनुभयो ।

लक्ष्मीनियाँ गाउँपालिकाका किसान लक्ष्मेश्वर यादवले निजीस्तरका उद्योगी व्यापारीभन्दा यसपटक सरकारले धान खरिद गर्ने मूल्य केही बढाइदिएकाले किसानलाई ठूलो राहत भएको बताउनुभयो । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएको हुँदा प्रत्यक्षरूपमा किसानसँग धान खरिद गर्दा मिसावट नहुने भएकाले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरिएको जनाएको छ ।

यद्यपि सीमित स्रोतका आधारमा ३५० बाहेकका किसानका लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले जनाएको छ । गोदामको अभाव, व्यवस्थापन गर्न नसकिने भएकाले कार्यालयले लक्ष्यअनुसारको धानमात्रै खरिद गर्ने गरेको प्रमुख लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द