पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन "/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मूल्य निर्धारण भएपछि धान बिक्री गर्न किसानको भीड

पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेर गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिनुभयो । तर गत आव २०७७/७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो । 

कम्पनीले अहिले रु दुई हजार ९०० का दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल रु दुई हजार २०० देखि रु दुई हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि तछाडमछाड गरेका छन् ।

यता कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसानबीच आफ्नो धान बेच्नका लागि हौसिएका छन् । कम्पनीका प्रमुख लिम्बूले भन्नुभयो, “निजीस्तरभन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानबीच तछाडमछाड भएको छ ।” उहाँले सबै किसानको धान बिक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्विन्टलका दरले खरिद गर्ने नीति लिएको जानकारी दिनुभयो । तर यसरी अुनपातमा कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाका ३५० किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकाले टोकन लिनका लागि अहिले किसानबीच व्यापक भीड बढेको हो ।

प्रमुख लिम्बूले भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मेहम्मे परेको बताउनुभयो । उहाँले बुधबार भीड नियन्त्रण गर्नका लागि प्रहरी बोलाउनुपरेको बताउनुभयो । उहाँले प्रहरी आउन ढिलो भएपछि करिब एक घण्टासम्म कार्यालय परिसर अस्तव्यस्त बनेको बताउनुभयो ।

अहिले कोरोना सङ्क्रमण फैलिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था रहेको तर किसानले आफ्नो धान छिटो बेच्नका छिटोभन्दा छिटो टोकन लिने प्रयास गर्दा भीड अनियन्त्रित भई होहल्ला हुने गरेको छ । बुधबारसम्ममा जिल्लाका २०० किसानले टोकन लिइसकेको कार्यालय प्रमुख लिम्बूले बताउनुभयो ।

लक्ष्मीनियाँ गाउँपालिकाका किसान लक्ष्मेश्वर यादवले निजीस्तरका उद्योगी व्यापारीभन्दा यसपटक सरकारले धान खरिद गर्ने मूल्य केही बढाइदिएकाले किसानलाई ठूलो राहत भएको बताउनुभयो । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएको हुँदा प्रत्यक्षरूपमा किसानसँग धान खरिद गर्दा मिसावट नहुने भएकाले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरिएको जनाएको छ ।

यद्यपि सीमित स्रोतका आधारमा ३५० बाहेकका किसानका लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले जनाएको छ । गोदामको अभाव, व्यवस्थापन गर्न नसकिने भएकाले कार्यालयले लक्ष्यअनुसारको धानमात्रै खरिद गर्ने गरेको प्रमुख लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक