2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’

पुस ३०,भोजपुर |‘पूर्वको पशुपति’खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रुप देख्न सकिने सो स्थानबाट कतिपय मूर्ति हराएका छन् । 

शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताका मूर्तिसँगै आश्चर्यजनक गुफासमेत रहेको सो  धार्मिकस्थल अहिले इतिहास बन्ने अवस्थामा पुगेको छ । गुफाभित्र गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नाग र  हात्तीका चित्र तथा ढुङ्गामा उत्पत्ति भएको दियोसँगै पोखरीसमेत छ ।  बयानब्बे वर्षीय स्थानीयवासी गङ्गाबहादुर श्रेष्ठले खोज गर्ने व्यक्तिहरूको  देहावसानपछि गुफाको संरक्षण नभएको गुनासो गर्नुभयो ।  “गुफाभित्र रहेका कतिपय मूर्ति हराए । कति तोडफोड भए । यहाँ देवताका अनेक रूप देख्न सकिन्छ । यसलाई जगेर्ना गर्न कसैको चासो गएन ।  अहिले यो अवस्थामा आइपुग्यो”, उहाँले भन्नुभयो ।  सो देवस्थलमा दर्शन गरे सन्तान प्राप्ति हुने, सोचे–चिताएको पुग्ने बताइन्छ ।   कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य फुट्ने बताइन्छ ।  ‘‘यहाँ आएर दर्शन गरे धेरै कुरा पूरा हुने धार्मिक विश्वास छ । विसं २०३६ अघिसम्म यहाँ दर्शन गर्नेको निकै भिड लाग्थ्यो । अहिले भने यसको महत्व नै हराउँदै गएको छ, जीर्ण बनेको छ ’’, उहाँले भन्नुभयो ।  

यहाँ  रामनवमी, बालाचतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गरेको ८६ वर्षीय स्थानीयवासी केशरबहादुर श्रेष्ठले बताउनुभयो । तत्कालीन सशस्त्र द्वन्द्वकालको प्रभावसँगै अधिकांश स्थानीयवासी बसाइँ गएपछि संरक्षणविहीन बनेको उहाँको भनाइ छ । ‘‘धेरैअघिसम्मको यो त्रिपुरेश्वर महादेवस्थल देशमा कहलिएको देवस्थल थियो । यहाँ वर्षमा तीन पटक भव्य मेला लाग्थ्यो । विभिन्न काल, परिस्थितिले यो ठाउँ अहिले ओझेलमा प¥यो, संरक्षण भएन । अहिले कतिपय गुफाका प्वाल थुनिएका छन्’’, श्रेष्ठले भन्नुभयो, ‘‘यहाँ देशभरका मानिससँगै भारतबाट समेत भक्तजन दर्शन गर्न आउँथे । सातदिनसम्म त मेला नै लाथ्यो ।’’

अहिले विगतमा लगाइएका साना ढोका तथा प्रवेशद्वार भत्किएका छन् । देवस्थलको घेराबारा नहुँदा यहाँका विभिन्न ठाउँमा क्षति पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘‘पछिल्लो समय यसको संरक्षणमा ध्यान गएन । स्थानीयवासीले चासो दिएनन् । सरकारी पक्षले पनि ध्यान दिएनन् । अहिले यहाँका धेरै संरचना पुराना स्वरुपमा छैनन् । गुफा मानिसहरूको फोहोर फाल्ने ठाउँ बन्ने अवस्थामा छ तर अहिले स्थानीय युवाको पहलमा केही संरक्षणको काम भएको देख्दा खुुसी लागेको छ ।’’

विसं २०२८ मा यहाँका इच्छाबहादुर श्रेष्ठ र धनपाल तामाङले त्रिपुरेश्वर महादेव पत्ता लगाएको मन्दिरका पुजारी रितबहादुर श्रेष्ठले बताउनुभयो । ‘‘यहाँ देवस्थल छ भन्ने सपनामा देखेपछि उहाँहरूले खोजी गर्नुभयो । सपनामा देखेअनुसार त्यहाँ सानो प्वाल रहेको र त्यसलाई खनेर भित्र गएपछि यो स्थान फेला परेको भनिन्छ”, उहाँले भन्नुभयो,‘‘यस देवस्थलमा क्षति पु¥याउनेहरूको वंश नै विनाश भएको अवस्था पनि छ । कतिपयले संरक्षण नहुँदा घण्टीलगायत महत्वपूर्ण  सामग्री चोरेर लगेको र पछि बौलाएपछि फिर्ता पनि गरेका छन् ।’’ यहाँको झाराली गुफामा बुढा सुब्बा, राम, सीता, शिव, पार्वतीलगायत अन्य विभिन्न देवीदेवताको मूर्ति रहेको उहाँले जानकारी दिनुभयो । गुफाभित्र प्राकृतिक रुपमा बनेका दियो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको तथा हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको जनाइएको छ । रीतबहादुरले भन्नुभयो,‘‘ यहाँ हलेसीको जस्तो देवीदेवताका मूर्ति छन् ।  कतिपय ठाउँमा गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ तर संरक्षण र प्रचारको अभावमा यो स्थान पछिल्लो समय ओझेलमा प¥यो ।’’

सो स्थलको विकासका लागि स्थानीयवासीले संरक्षण समिति गठन गरेर काम गरिरहेको बताएका छन् । आफँैले पैसा सङ्कलन गर्दै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम थालेको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताउनुभयो । अध्यक्ष सीतारामले भन्नुभयो,‘‘ अहिले हामी युवाहरूको अगुवाइमा संरक्षणको काम थालिएको छ  । कतिपय पुराना संरचना बिग्रिएका छन् । कतिपय मूर्ति तोडफोड भएका छन् । धेरै पटक हामीले संरक्षणका लागि बजेट माग गरेपछि वडा कार्यालयबाट यस पटक मन्दिर र पाटी निर्माणका लागि रु चार लाख पाएका छौँ ।’’

सरकारी निकायबाट माग गर्दा पनि संरक्षणका लागि बजेट नआएपछि देउसी खेलेर, स्थानीयवासीबाट चन्दा उठाएर संरक्षणमा काम गरिएको सीतारामले बताउनुभयो । ‘‘यो एउटा देशकै पहिचान बोकेको धार्मिकस्थल हो । हामीले यसको संरक्षणका लागि धेरै निकायसँग हारगुहार ग¥यौँ तर साथ पाएनौँ । स्थानीयवासीबाट पैसा उठाएर यहाँसम्म पुग्ने सडकसमेत बनाएका छौँ ’’, उहाँले भन्नुभयो ।  

करिब दुई रोपनी क्षेत्रमा रहेको सो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक  छन् । काठमाडौँमा रहेका यहाँका दुई युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ति र १० फिटको त्रिशूल राख्ने काम गरेको स्थानीयवासीले जानकारी दिए । यहाँ घण्टी र ध्वजापताका राख्ने काम पनि भएको संरक्षण अभियानमा जुट्नुभएका  योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कामसँगै केही समयपछि ५२ केजीको पित्तलको घण्टी र दानपेटिका पनि राखिने छ ।  योगेशले भन्नुभयो, ‘‘हामी दुई जनाले व्यक्तिगत रुपमा रु एक लाख ५० हजारभन्दा बढीको सहयोग गरेका छौँ । अहिले हामीले यसको संरक्षणका लागि काठमाडौँमा पनि अभियान चलाएका छौँ ।  विभिन्न क्षेत्रबाट सहयोग सङ्कलन गरेर अब घण्टी र दानपेटिका राख्ने तयारीमा छौँ ।’’ 

जीर्णावस्थामा पुगेको सो स्थानको संरक्षणसँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याएर राम्रो आम्दानी लिन सकिने स्थानीयवासी वीरबहादुर तामाङले बताउनुभयो । तामाङले भन्नुभयो,‘‘ यहाँ यति ठूलो देवस्थल छ । यसको संरक्षणसँगै प्रचारप्रसारमा कसैको ध्यान गएन । यसलाई देशविदेशमा चिनाउन सके फूल बेचेर नै स्थानीयवासीले जीवन गुजारा गर्न सक्थे ।’’ यहाँको घेराबारा गर्नका लागि पनि रकम आवश्यक रहेको स्थानीयवासी डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । ‘पूर्वको त्रिपुरेश्वर’ क्षेत्रमा विद्युत् नपुगेका कारण गुफामा बत्ती जडान गर्न नसकिएको तथा पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकम अभाव रहेको स्थानीयवासीले बताएका छन् । यस्ता संरचनाको संरक्षण तथा विकासमा सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने