२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुस्तकमा तनहुँसुर

२ माघ २०७८, आईतवार ०६:४४

माघ २, दमौली | ऐतिहासिकस्थल तनहुँसुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको पुस्तक तनहुँसुर र सेरोफेरो पुस्तक सार्वजानिक भएको छ । लेखक देव बस्न्यातद्वारा सङ्कलित र लिलामान सिंह बस्न्यात स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शनिबार समाजसेवी एक सय वर्षीय भीमबहादुर बस्नेतले विमोचन गर्नुभएको हो । 

तनहुँसुरका सेनवंशीय राजाहरुको वंशावली, उनीहरुले मान्दै आएका धार्मिक सांस्कृतिक पर्यटनस्थलको विकासमा हामीले निर्वाह गर्नुपर्ने भूमिका, तनहुँ जिल्लाका साहित्यकारबाट प्रकाशित कृतिहरु र अन्य विविध विषयका सम्बन्धित घटनाहरुलाई आधार मानेर लेखिएका लेख तथा रचनाहरु सङ्गालेर पुस्तक लेखिएको बस्न्यातले जानकारी दिनुभयो । 

“पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरुमध्येको एउटा सङ्गालोको परिणती हो तनहुँसुर र सेरोफेरो । पुस्तक लेखन तथा प्रकाशनका विषयमा एकल प्रयासबाट सम्पन्न गर्ने प्रयास गरेको हो,” उहाँले भन्नुभयो । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइसकेका रचनाहरुलाई सङ्कलित गरेर तनहुँसुरको नालीबेली समेटिएको तनहुँसुर सेरोफेरो पुस्तक प्रकाशन सम्भव भएको लेखक बस्न्यातले बताउनुभयो । 

तनहुँसुर र यसको सेरोफेरोको सामाजिक, धार्मिक र पर्यटकीय स्थानको अध्ययन–अनुसन्धानमा खटिने विद्यार्थीहरुका लागि पनि यो कृति सहायक सिद्ध हुने विश्वास गरिएको लिलामानसिंह बस्न्यात स्मृति प्रतिष्ठानका संरक्षक रामचन्द्र बस्न्यातले बताउनुभयो । 

पुस्तकमा ऐतिहासिक सेनकालीन जिल्लाका मठमन्दिर र चाडपर्वहरुका विषयहरु पनि समेट्ने प्रयास गरिएको छ । पुस्तकमा जिल्लाको ऐतिहासिक परिचय, तनहुँको ढुकुटी घर र राजा कामारीदत्त सेनबीचको अन्तर सम्बन्ध, दसैँ परिचय र दुर्गोत्सव पर्वको आरम्भता, तनहुँसुर दरबारको दुर्गोत्सव पर्वको तयारीका प्रथम प्रयासहरु, तनहुँसुर कालिकामाई मन्दिरमा गरिने फूलपाती शोभायात्रा, तनहुँसुरको जारकोटे ढुङ्गा, तनहुँसुर खड्गदेवी, लोपको सङ्घारमा तनहुँसुरको देवी नाच, तनहुँसुरका महत्वपूर्ण स्थानहरु लगायतका विषय समेटिएका छन् ।

लेखक बस्न्यातले यसअघि दमौली महात्म्य पुस्तक पनि प्रकाशन गरिसक्नुभएको छ भने व्यास बोली, श्रीपाली बस्न्यात परिचय, गलेखामकोट र सेरोफेरो, मिर्लुङकोट र सेरोफेरो पुस्तक प्रकाशोन्मुख रहेको छ । 

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास  छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो