2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

माघ ३, पर्वत | कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो । कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराउनुभएको हो । आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवधिमा विद्यार्थी सिकाइका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ । 

बिदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पूर्ण खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइँ व्यवस्थापन गरी सञ्चालन गर्ने, माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैको खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध शिक्षण संस्थाले मिलाउन पनि निर्देशनमा उल्लेख छ । अर्को सूचना नभएसम्म विद्यालयमा सभा समारोह नगर्नसमेत आग्रह गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक