2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

माघ ४, जनकपुर | जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताउनुभयो ।

“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो”, अध्यक्ष यादवले भन्नुभयो, “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।” मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउनुहुँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताउनुभयो । 

मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

सो सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौँदेखि विभेदमा रहेको मधेसीलाई अब सम्मानको अनुभूति हुने बताउनुभयो । “मधेश आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेश प्रदेश स्थापना भएको छ”, मन्त्री यादवले भन्नुभयो, “हामीले मधेश प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेश आन्दोलन र सहिदप्रति सम्मान भएको छ ।” 

मधेश आन्दोलनकै कारण शोषित वर्गहरु राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्नुहुँदै जसपाका नेत्रीसमेत रहनुभएका मन्त्री यादवले मधेसी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गर्नुभयो । 

खुशीयाली मनाउन आज मधेश प्रदेशमा बिदा

प्रदेशसभाबाट मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्बाट निर्णय गर्न नभ्याइए पनि मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूको सल्लाहमा आज सार्वजनिक बिदा दिएको मन्त्री साहले बताउनुभयो । हिजो बसेको प्रदेशसभा बैठकबाट करिब चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक