माघ ४, तनहुँ | सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, तनहुँ | सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान "/>
2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तलाका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

माघ ४, तनहुँ | सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो । 

भाइरस देखिएका सुन्तलाका बिरुवा हटाएर स्वस्थ बोट मात्रै राखिएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो । उक्त क्षेत्रमा लगाइएका सुन्तलामा दाना ठूला र रसिला हुने गरे पनि रोगले आक्रमण गर्न थालेपछि हटाउन लागिएको हो । 

सुन्तलाका बोट मर्दै गएपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । जिल्लाको अन्य पालिकाका सम्भावित स्थानमा क्षेत्र विस्तारको काम भइरहेको उहाँले बताउनुभयो । कार्यालयले यस वर्ष ऋषिङ गाउँपालिकाको दुबुङ र अर्चलादी र देवघाटको वडा नं ३ र ४ मा सुन्तला खेती थप गरेको छ । 

जिल्लाको व्यासनगरपालिका–१३ को बेनीकोट, शुक्ला–११ को नाम्सीकोट, म्याग्देको वडा नं १, २ र ३ सहित उमाचोक, आँबुखैरेनी–२ को बरादीमा सुन्तला ब्लक कार्यक्रम भइरहेको छ । कार्यक्रमअन्र्तगत बर्सेनि ब्लकले सुन्तलाका बिरुवा उत्पादनसहित क्षेत्र विस्तार गरी लगाएको हुनुपर्छ । उहाँले भन्नुभयो, “सुन्तलाको खेती  विस्ताका लागि यस वर्ष रु १२ लाख ५० हजार बजेट विनियोजन भएको छ ।” सहकारी तथा समूहले प्रस्ताव पेस गरेपछि ब्लकलाई आवश्यक पर्ने रोग नियन्त्रणका लागि औषधि, सिँचाइ, तालिम, आवश्यक कृषि औजार लगायतका सीप र सामग्री कृषि ज्ञान केन्द्र तनहुँले सहयोग गर्ने गर्दछ । एउटा सुन्तला ब्लकमा १०० देखि २५० सम्म सुन्तला किसानहरु आबद्ध रहेको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो