माघ ४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कत"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

‘सरकारी विद्यालय सुधारिएको छ’

४ माघ २०७८, मंगलवार ०७:१०

माघ ४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कतिपय विद्यालयका पूर्वाधार जीर्ण भई शिक्षाको क्षेत्रमा नराम्रो प्रभाव परेको थियो, त्यस्ता विद्यालयलाई आफू नगरप्रमुख भइसकेपछि सुधार गरी अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएकामा खुशी व्यक्त गर्नुभयो । सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले नगर क्षेत्रमा अहिलेसम्म १५० किमी बाटोमा कालोपत्र भइसकेको छ भने प्रायः सबै वडा कार्यालयको भवन निर्माण गरी नगरपालिकाले वितरण गर्ने सेवामा लाभग्राहीलाई सहज भएको बताउनुभयो ।

विराटनगर क्षेत्रमा रहेका वीरेन्द्र सभागृहलाई अत्याधुनिक बनाउन सुरु गरिएको काममा ७० प्रतिशत प्रगति भएको बताउँदै नगरप्रमुख पराजुलीले विराटनगरको महेन्द्र चोकबाट पूर्वको बाटो र विमानस्थलमार्गलाई पनि इभिनिङ स्ट्रिट बनाई त्यसक्षेत्रका होटल, पसल एवं रेस्टुरेन्ट रातभरि सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

धेरै जना प्रधानमन्त्री भएको इतिहास बोकेको विराटनगरमा निकट भविष्यमै प्रधानमन्त्री उद्यान बनाउने, बजरङ्गी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने, पुरानो गुद्री बजारमा अत्याधुनिक व्यापारिक भवन बनाउने योजना अघि बढिसकेको जानकारी दिँदै उहाँले विराटनगर क्षेत्रमा फोहरको समस्या हुन नदिन र आम नागरिकलाई सुशासनको अनुभूति दिलाउने किसिमका काममा जोड दिएको बतानुभया ।

‘धार्मिक महत्व बोकेको विराट राजाको दरवारलाई व्यवस्थित एवं धार्मिक पर्यटकीयस्थल निर्माण गर्न प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगबाट निर्माण गर्ने योजना अघि बढेको छ’ भन्दै प्रमुख पराजुलीले राजवंशी चोकलाई सौन्दर्यकरण गरिने र घोगाको बाटोलाई सेफजोन बनाइ विकासका योजना अघि सारेको जानकारी दिनुभयो । उहाँले रु २० लाखको योजना वडास्तरबाटै निर्माण सुरु गराउने अधिकार दिइसकेको भन्दै निकट भविष्यमै जापानी जाइका नामक संस्थाले विराटनगरमा बृहत् खानेपानीको योजना सुरु गर्ने बताउनुभयो ।

उहाँले जनप्रनिधि भएपछि हरेक पल र समय जनताकै निम्ति खर्च गरिरहेको भन्दै विराटनगरमा एक व्यवस्थित बधशाला पनि निर्माण हुने र यसबाट उपभोक्तालाई स्वस्थ्यकर मासु खान सहज हुने बताउनुभयो । प्रमुख पराजुलीले विराटनगरको विकासका निम्ति भएका कमी–कमजोरीलाई सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै आफ्नो कम समय भए पनि अत्यधिक समय नगरको विकासमै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान