७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम

१० माघ २०७८, सोमबार ०५:३९

माघ १०, सोलुखुम्बु | हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।

 यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्ययले बताउनुभयो ।

पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौँलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सिमित बनेको छ ।

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौँ गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताउनुभयो । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौँ गएको उहाँले जानकारी दिनुभयो ।

शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताउनुभयो ।

प्रहरीचौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरीचौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट