२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित

१६ माघ २०७८, आईतवार ०८:३१

माघ १६, महेन्द्रनगर | सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।

गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । “हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो”, पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफासी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भन्नुभयो, “अहिले डिजाइन परिर्वतनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।”

उहाँले पुलको ‘स्ल्याप’ ढलानको काम सकिएको जानकारी दिनुभयो । “७.८ किमी छ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “गाइडबण्डका लागि स्थानीय प्रशासनसित समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुङ्गा ल्याए पनि त्यसले पर्याप्त भएन ।”

उहाँका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुङ्गा आवश्यक थियो । रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

“पुलको रेलिङ र रङ्गरोगनको काम गर्ने तयारी हँुदैछ”, उहाँले भन्नुभयो, “मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।” सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा छ ।

यहाँको महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताउनुभयो । “कोरोनाका कारण डिजाइन परिर्वतनको काममा केही ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “छिट्टै डिजाइन परिर्वतनको काम सकिनेछ ।” उहाँले पुलको अरु काम भने सञ्चालन रहेको बताउनुभयो । 

विसं २०७४ भदौदेखि सुरु भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब रु २० करोडभन्दा बढीको क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो