७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कसरि बन्यो गङ्गा माध्यामिक विद्यालय नमूना विद्यालय ?

१८ माघ २०७८, मंगलवार ०८:०२

माघ १८, रामपुर (पाल्पा) |  गङ्गा माध्यामिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ  । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको हो ।

सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक, विद्यार्थी तथा अभिभावक  आउने गर्दछन् । यहाँको वातावरणले विद्यार्थीको मनोबल बढाएको छ भने विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि  जोकोहीको मनै लोभ्याउने खालको छ ।

पाल्पाको पूर्वी भेग रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा रहेको यस विद्यालयले जिल्लामै शैक्षिक तथा भौतिक वातावरणमा अग्रणी विद्यालयका रुपमा चिनाउन सफल भएको छ । समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार हराभरा वातावरणमा प्रविधियुक्त शिक्षामा जोड दिइएको प्रधानाध्यापक देवराज देवकोटा बताउनुभयो । उहाँ भन्नुभयो, “हामीले समयको मागअनुसार विद्यार्थीलाई शिक्षक सिकाइ कार्यमा कुनै कमी हुन दिएका छैनौँ, बालमैत्री वातावरणमा प्रविधिको प्रयोग गरी शिक्षण कार्य गरिएको छ, अहिले धेरै विद्यालयबाट अवलोकन गर्न आइरहनुभएको छ ।” 

विद्यालयले साना–साना बालबालिकालाई दृष्टिगत गर्दै बाल उद्यान तयार गरिरहेको उहाँको भनाइ छ । शारीरिक विकास र बालबालिकाको मनोबल वृद्धि गराउन बाल उद्यानले सघाउ पुग्ने भएकाले विद्यालयमा उद्यानको व्यवस्था मिलाइँदैछ । विद्यालयभित्र फूल बगैँचा, यहाँको सुन्दर दृश्यले सबैलाई लोभ्याइरहेको छ । 

स्याङ्जाका गल्याङ नगरपालिका चण्डीका आधारभूत विद्यालय शिक्षक टीकाराम अधिकारीले विद्यालयभित्रको वातावरण देख्दा कुनै सुन्दर प्राकृतिक वातावरणमा पुगेजस्तो अनुभूति भएको बताउनुभयो ।   “गङ्गा मावि पाल्पाको नमूना विद्यालयको पहिचान बनाएकाले हाम्रो शिक्षकको समूहले पनि यस विद्यालयको अवलोकन ग¥यो, सुन्दा भन्दा यहाँ आएर हेर्दा शैक्षिक वातावरण अत्यन्त सुन्दर छ, विद्यालय भनेको गङ्गा मावि जस्तो बनाउनुपर्छ भन्ने हामीलाई पनि धेरै सिकाइ भयो, विद्यालय सुधारका लागि एकपटक यस विद्यालयको अवलोकन सबैले गर्नैपर्ने रहेछ,” उहाँले भन्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्याल प्रविधियुक्त शिक्षा नै आजको आवश्यकता भएको हुँदा विद्यार्थीले चाहेअनुसारको सामग्रीको व्यवस्थापन गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाएकोे बताउनुभयो । “विद्यार्थीलाई शैक्षिक कार्यमा विद्यालयले कुनै पनि प्रविधि तथा सामग्रीमा कमी गराएको छैन, विद्यालय आउँदा जसरी उत्साहका साथ पढ्न आउँछन् त्यसरी नै विद्यालय सकिएपछि उत्साहका साथ नै विद्यार्थी पढेर घर फर्कने वातावरण विद्यालयले तयार पारेको छ,” उहाँले भन्नुभयो । 

उहाँले ‘सोचेजस्तै विद्यालय, खोजेजस्तै पढाइ’ अन्तर्गत विद्यार्थीहरुको रुचि र क्षमताअनुसार विद्यार्थीहरुको समूह विभाजन गरी विद्यालय समयभन्दा बाहिर विद्यार्थीहरुलाई बौद्धिक एवम् खेलकुद तालिम दिइने बताउनुभयो  कमजोर विद्यार्थीहरुका लागि सहायता कक्षको स्थापना गरी सबै विषय शिक्षकको पालो मिलाई विद्यालयमा सहयोग गर्ने कार्यक्रमको पनि सुरुआत गरिएको छ ।

वार्षिक रुपमा २० विद्यार्थीलाई छनोट भएको मितिदेखि विद्यालय नछाड्दासम्म वार्षिक रु तीन हजार ४०० दिइने छात्रवृत्ति ‘स्किम’ ल्याइएको छ । तहगत अनुसार प्रथम एवम् जेहेन्दार विद्यार्थीका लागि वार्षिक नगद पुरस्कारको व्यवस्था, गरिब, असहाय विद्यार्थीका लागि स्कुल पोसाक तथा नियमित छात्रवृत्ति वितरण  भइरहेको छ ।

विद्यार्थीहरुको नियमित जन्मदिन मनाउने, प्रार्थनामा नियमित तीन प्रश्नहरु सोध्ने, नियमित प्रवचन, सङ्गीतसहितको पिटी, पालोअनुसार विद्यार्थीहरुबाट विद्यालय परिसर सरसफाइ, नियमित अतिरिक्त क्रियाकलाप जस्ता कार्यक्रम हुने गरेको छ ।यस विद्यालयमा औसतमा ५० भन्दा धेरै विद्यार्थी सबै कक्षामा  छन् । सबैमा कक्षाकोठामा दुई सेक्सन  छन् । विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यमका सबै विद्यार्थी गरी ६८३ विद्यार्थीहरु अध्ययनरत छन् । 

नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालयले भौतिक र शैक्षिक विकासका लागि काम गरिरहेको र हाल भौतिक पूर्वाधार विकासका काम राम्रोसँग भएको छ । सफ्टवयर जडान गरी विद्यार्थीहरुको सम्पूर्ण विवरणहरु राख्ने व्यवस्था मिलाइएको छ । शिक्षक हाजिरीका लागी वायेमेट्रिक प्रणाली जडान गरी दुई वर्षदेखि नियमित प्रयोग गरिएको छ । विद्यालयमा इन्टरनेट जडान, नौ सिसिटिभी, क्यामेरा जडान गरी विद्यालय परिसर ल्याब तथा पुस्तकालय एवम् अन्य महत्वपूर्ण स्थानहरु रेखदेख गर्ने व्यवस्था गरिएको छ । शिक्षकलाई ल्यापटप खरिद गर्न आर्थिक सहयोग दिइएको छ ।

हाल विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म नेपाली माध्यममा र नर्सरीदेखि कक्षा १० सम्म तथा आइएस्सी एजी तीनवर्षे भेटेरिनरी विषयको कक्षासमेत गरेर जम्मा २८  कक्षा सञ्चालन भइरहेको छ । 

बिहानको समयमा प्राविधिक तर्फको मात्र कक्षा सञ्चालन हुने र दिउँसोका समयमा अन्य सबै कक्षाहरु सञ्चालन भइरहेका छन् । बिहान र दिउँसो गरी जम्मा ५०  शिक्षक यस विद्यालयमा कार्यरत रहेको विद्यालयले जनाएको छ । हाल यस विद्यालयमा चार तीनतले पक्की र दुई दुईतले पक्की भवन छन् भने एकतले एक पक्की भवन  छ । हालसम्म जम्मा ५८  कक्षाकोठा पक्की बनेका छन् । यसमा ३२  कक्षाकोठाका रुपमा र आठ प्रयोगशाला, पुस्तकालय तीन, एकहल, एक चमेनागृह, एक पार्किङ, पाँच प्रशासनिक कार्यालय, चार भण्डारण कक्षका रुपमा प्रयोग गरिएको छ भने बाँकी खाली छन् । 

विद्यालयमा एकै पटकमा ६० जनाले प्रयोग गर्न मिल्ने गरी शौचालयको व्यवस्था गरिएको छ । विद्यार्थीका लागी २५  खानेपानी धारा छन् भने नियमित रुपमा सफा खानेपानीको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । सबै कक्षाकोठामा फोहोर मलाई र सफा गर्ने सामग्रीको प्रबन्ध छ । बालमञ्च, इको क्लब, स्टार क्लब, सामाजिक सचेतनामूलक क्लब, विज्ञान क्लब र जुनियर रेडक्रस सर्कल क्लब सक्रिय छन् । क्लबलाई सक्रिय बनाइराख्न विभिन्न शैक्षिक क्रियाकलापमा विद्यालयले जोड दिएको छ । यो विद्यालय समुन्द्री सतहदेखि करिब ४०९ मिटरको उचाइमा अवस्थित छ । विसं २०१३ मा स्थापना भएको शारदा प्रावि रानीवास र २०२३ मा स्थापना भएको गङ्गा प्रावि आँपचौरलाई गाभेर २०३५ माघ १८ मा निम्नमाध्यमिक विद्यालय र ०५५ देखि मावि सञ्चालनको अनुमति पाएको इतिहास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या