2026-11-02 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको जनसङ्ख्या वृद्धिदरमा किन कमी ?

माघ १८, महोत्तरी | मधेस प्रदेशको लगभग माझमा पर्ने महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घटेको छ । एक साताअघि सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा जिल्लाको जनसङ्ख्या दर २०६८ को तुलनामा घटेको हो । 

जिल्लामा यसपालिको तथ्याङ्कमा जनसङ्ख्या वृद्धिदर एक दशमलव तीन (१.३) प्रतिशत छ । यसअघि २०६८ को राष्ट्रिय जनगणनामा यो दर एक दशमलव चार (१.४) थियो । मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यो दर प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा कम भएको जनाएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार बितेको १० वर्षमा जिल्लामा जनसङ्ख्या ८७ हजार ४६० बढेको छ । यसअघि (२०६८) को राष्ट्रिय जनगणनामा जिल्लाको जनसङ्ख्या छ लाख २७ हजार ५८० थियो भने यसपालिको गणनामा यो सङ्ख्या सात लाख १५ हजार ४० देखाइएको छ ।

दुई राष्ट्रिय जनगणनाको बीच अवधिमा महिलाभन्दा पुरुषको सङ्ख्या बढेको छ । मुलुकभरिको गणनामा महिला बढी भए पनि महोत्तरीमा भने पुरुष बढी देखिएका छन् । 

२०६८ मा तीन लाख ११ हजार १६ रहेको पुरुष सङ्ख्या यसपालि ४३ हजार ९३६ बढेर अहिले तीन लाख ५४ हजार ९५२ पुगेको छ । यसैगरी २०६८ मा तीन लाख १६ हजार ५६४ रहेको महिला सङ्ख्या यसपालि २३ हजार २०६ बढेर अहिले तीन लाख ३९ हजार ७७० पुगेको तथ्याङ्कमा उल्लेख छ । २०६८ मा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहे पनि यसपालि पुरुष बढेका छन् । यसपालि महिला सङ्ख्या १५ हजार १८२ ले घटेको हो । यसअघि २०६८ मा महिलाको सङ्ख्या पुरुषभन्दा पाँच हजार ५४८ ले बढी थियो ।

“यसपालि २०६८ भन्दा ८७ हजार ४६० जनसङ्ख्या बढेको देखिन्छ, यसमा कतिपय बसाइँ सरेर आएका भए पनि अधिकांश चैं नयाँ जन्मेकै हुनुपर्छ,” महिला अधिकारकर्मी तथा स्वास्थ्य स्वयंसेविका भङ्गाहा–४ की दीपमायाँ श्रेष्ठ भन्नुहुन्छ, “२०६८ भन्दा पुरुष करिब ४४ हजार बढेका छन्, जबकि महिलाको बढेको सङ्ख्या यो तुलनामा झन्डै आधा छ ।” 

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालिको गणनामा सबैभन्दा बढी जनसङ्ख्या गौशाला नगरपालिकामा ७३ हजार आठ र सबैभन्दा कम एकडारा गाउँपालिकामा ३२ हजार ६० देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्व एनआरएनए अभियानको आधारभूमि, श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित भए : पूर्वअध्यक्ष आरके शर्मा निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो