२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

१९ माघ २०७८, बुधबार ०९:२९

माघ १९, गण्डकी | नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ  । 

काभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत  खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समय फागुन ७ गते नै हुने र  आपाङ्गतर्पका १० र ५ किलोमिटर दौड चैत महिनाको १२ गते गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको दाबी गर्दै म्याराथन सफल बनाउन विभिन्न विषयगत समितिले तीव्रता दिँदै आएको बताउनुभयो । म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह र अन्य सङ्घ संस्थालाई सदा झैं यस पटक पनि सहयोगका लागि अपिल गर्दै उहाँले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका महासचिव कृष्ण तिमिल्सिनाका अनुसार पोखरा म्याराथनअन्तर्गत खुला म्याराथनतर्फको पुरस्कारको राशि रु चार लाख नगद भएसँगै प्रतियोगितामा सहभागी हुन केन्यालगायत अन्य अफ्रिकी मुलुकबाट धावक पोखरा आउने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । “पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ । यसका लागि विदेशबाट समेत धावक पोखरा आउनु गौरवको विषय हो”, उहाँले भन्नुभयो, “विदेशीसँगै स्वदेशी धावकले समेत म्याराथनमा सहभागीका लागि अनलाइनमार्फत दर्ता गराउन सकिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य