भदौ १०, पाँचथर । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ । 

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, पाँचथर । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ । 

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भए"/>

2026-11-01 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी आयोजना पुनः सञ्चालनमा

भदौ १०, पाँचथर । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ । 

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भएको अयोजना सात महिना विभिन्न प्राविधिक कठिनाइ देखाएर काम ठप्प हुँदा स्थानीयवासी निरास भएका थिए । आयोजना पुनः सुरु भएपछि उनीहरुमा आशाको मुना पलाएको स्थानीयवासी नवीन भण्डारीले बताउनुभयो । 

हालसम्ममा आयोजनाको २७ प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि प्राविधिक कठिनाइले केही समय भनेजस्तो काम अघि बढ्न नसकेपनि अहिले आवश्यक सामग्री तयार भएकाले अब काम नरोकिने आयोजनाको जिम्मा पाएका प्रेरा स्वामीनारायण जेभी कम्पनीका सन्तोष बस्नेतले बताउनुभयो । 

कुल रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भइरहेको उक्त आयोजनालाई मेलम्चीपछि नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना भनिएको छ । तमोर नदीको लोरिपा दोभानबाट यासोकको थामडाँडासम्म पम्पिङ गरी पानी ल्याएपछि वितरण गरिने लक्ष्य राखिएको छ । 

उक्त आयोजना सम्पन्न भएपछि खानेपानीको चरम अभाव खेपिरहेका पाँचथरको यासोक, रानीगाउँ र स्याबरुम्बावासी लाभान्वित हुने भएका छन् । सो क्षेत्रमा खानेपानी समस्याकै कारण बसाइ सर्ने क्रम बढेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द