२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

२० माघ २०७८, बिहीबार ०७:१२

माघ २०, भजनी | कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत  गरेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । पछिल्लो समय आफैँले बनाएको कानुन कार्यान्वयनमा यहाँका जनप्रतिनिधि चुकेका छन्  ।

टीकापुर नगरपालिकाको  नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार एउटा अधिवेशन समाप्ति र अर्को बैठक प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी नहुने उल्लेख छ । सो कार्यविधिअनुसार नगरपालिकाले पुस महिनाभित्र अर्को अर्थात् हिउँदे अधिवेशन गरिसक्नुपर्ने भए पनि माघ महिनाको  तेस्रो साता भइसक्दासमेत अधिवेशन बोलाउने कुनै तयारी नगरपालिकाले गरेको छैन । 

नगर प्रवक्ता दीर्घबहादुर ठकुल्लाले हिउँदे अधिवेशन पुस महिनामै बोलाउनुपर्ने भए पनि नगरसभाका लागि आवश्यक ‘एजेन्डा’ तय नभइसकेका कारणले पनि ढिलाइ भएको बताउनुभएको छ । “अधिवेशन बोलाउने नगरप्रमुखले हो, अहिलेसम्म नगरसभा बोलाउनेबारे कुनै छलफल पनि भएको छैन”, उहाँले भन्नुभयो, “हामीले भनेर हुँदैन, माघमा पनि अधिवेशन बोलाउने सम्भावना निकै कम भइसकेको छ । सम्भवत हिउँदे अधिवेशन फागुनमा हुन्छ होला ।” उहाँले नगरपालिकाले भर्खर चालु आर्थिक वर्षको आयोजनाको बोलपत्र प्रक्रिया सुरु भएकाले बोलपत्र हुन नसकेका र योजना फेरबदल गर्नुपर्ने हुनसक्ने भएकाले पनि हिउँदे अधिवेशन सुरु हुन समय लागेको जानकारी दिनुभयो ।

नगरसभा तथा गाउँसभा बोलाउनुभन्दा १५ दिन पहिले नगरप्रमुख वा अध्यक्षले सूचना जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाको केही स्थानीय तहले कार्यान्वयन गरेको भए पनि केही जनप्रतिनिधि  सो व्यवस्थाको जानकारी नभएको जस्तो समेत गर्दै आएका छन् । भजनी नगरपालिकाले पनि हिउँदे अधिवेशनको कुनै तयारी गरेको छैन । नगरपालिकाले यही माघ महिनाभित्रै नगर अधिवेशन गर्ने बताए पनि नगरसभाको कार्यविधिअनुसार माघमा सम्भव देखिएको छैन ।

नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको  बताउनुभयो  । “माघ महिनामा हिउँदे अधिवेशन गर्ने तयारी थियो । सङ्क्रमणका कारण प्रभावित भएको छ । हामी नगरसभाको उद्घाटन त माघ महिनाभित्रै गर्छौँ”, उहाँले भन्नुभयो,  “गत वर्षभन्दा हामी ढिलो पक्कै पनि भएका छौँ, तर पनि यसले कुनै समस्या ल्याउलाजस्तो लाग्दैन र अर्को कुरा यस वर्ष पार्टीका अधिवेशनले पनि पुसमा गर्नुपर्ने अधिवेशन ढिलो भएको  हो ।”

जानकी गाउँपालिकाले पनि गाउँसभा बोलाउन सकेको छैन । गाउँ कार्यपालिकाको  बैठकले माघ २० देखि २५ गतेभित्र गाउँसभा बोलाउने निर्णय भएको जनाएको छ ।  गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले विगतका वर्षहरूमा पनि गाउँसभाको हिउँदे अधिवेशन माघ महिनामै गर्दै आएको बताउनुभयो ।  “हिउँदे अधिवेशनका लागि निर्णय गरिसकेका छौँ । माघ २० देखि २५ सम्म गाउँसभाको उद्घाटन हुन्छ । सकेसम्म माघ महिनामै नभए आगामी फागुन पहिलो सातासम्म अधिवेशन सम्पन्न गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने