२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गरिँदै

६ चैत्र २०७८, आईतवार ०७:१५

चैत ६, कञ्चनपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिभिटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको छ ।सो कार्यका लागि शुक्लाफाँटा नगरपालिका–११ मा ६३ हजार ३६० वर्गमिटर ( नौ बिघा सात कट्ठा दुई धुर) को सरकारी जमिन बीस वर्षका लागि लिजमा लिन सम्झौता गरिएको छ । पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत रु २० करोडको लागतमा भौतिक संरचना निर्माण गरिने शिक्षालयका प्रमुख दीपक बिष्टले बताउनुभयो । प्रतिवेदनअनुसार शिक्षालयको मुख्य प्रवेशद्वार, गार्ड हाउस, पार्किङस्थल, मुख्य प्रशासकीय भवन, अध्ययन कक्ष १ र २ एसेम्बली ग्राउन्ड, प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, खुला खेलकुद मैदान र आन्तरिक मार्ग जोडने पुल निर्माण गरिने छ ।  

यसैगरी स्टाफ क्वाटर, होस्टेल, भलिबल कोर्ट, ब्याटमिन्टन कोर्ट, फुटबल ग्राउन्ड, प्रिन्सिपल क्वाटर, ल्याब एन्ड वर्कशप, ट्वाइलेट, बैठक कक्ष,  सरस्वती मन्दिर, ओभरहेड पानी ट्याङ्की, इलेक्ट्रिक वर्कशप, मेकानिकल मेसिन एन्ड सिएनसी वर्कशप, मेडिकल फ्रेब्रिकेशन वर्कशप आदि निर्माण गरिनेछन् । 

“शिक्षालयका कार्यक्रम सञ्चालनका लाागि भौतिक पूर्वाधार निर्माण गर्न २५ बिघा जग्गा आवश्यक पर्छ,” कार्यालय प्रमुख बिष्टले भन्नुभयो, “नौ बिघा जग्गा सात कट्ठा दुई धुर जग्गा लिजमा लिनका लागि सम्झौता भइसकेको छ । अहिले १५ बिघा जग्गा लिजमा लिने प्रक्रियामा जाँदैछौँ ।” सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट बहुप्राविधिक शिक्षालय बनाउने उद्देश्यका साथ कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । 

हाल लिजमा लिइएको जग्गामा तारबार गर्न रु १४ लाख ९९ हजार ८५७ प्राप्त भई परिचालन गरिएको छ । “वर्कशप निर्माणका लागि रु १९ लाख ९९ हजार ३५० मा बोलपत्र आह्वान गर्न लागेका छौँ । दुई महिनाभित्रै निर्माण पूरा गर्ने गरी कार्य अगाडि बढाइएको छ,” कार्यालय प्रमुख बिष्टले भन्नुभयो । बजेट अभावले शिक्षालयमा पठनपाठन गर्दै आएका विद्यार्थीहरुका लागि प्रयोगात्मक सामग्रीको अभाव रहेको उहाँको भनाइ थियो ।

विसं २०७६ मा स्थापना भई सञ्चालनमा रहेको उक्त शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल्सलगायत तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ ।“डिप्लोमा इन फार्मेसी, एग्रिकल्चर, रेफ्रिजेटर एन्ड एसीलगायत कक्षा सञ्चालनका लागि स्वीकृति प्रदान भएको छ,” उहाँले भन्नुभयो, “तर बजेट र भौतिक पूर्वाधार अभावले सञ्चालन गर्न सकेका छैनौँ ।” यसका अतिरिक्त बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि शिक्षालयले छोटो अवधिका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे