दलसिंह गिरी | भदौ १४, कालिकोट | छिटो र छरितो यातायात साधन अभावका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | भदौ १४, कालिकोट | छिटो र छरितो यातायात साधन अभावका कारण "/>
२८ मंसिर २०८२, शनिबार
कालिकोट - KLK

एक हजार ग्रेजुएट्स यूवाद्धारा एयर एम्बुलेन्स सेवा अभियान सुरु

१४ भाद्र २०७३, मंगलवार ०१:५८

दलसिंह गिरी | भदौ १४, कालिकोट | छिटो र छरितो यातायात साधन अभावका कारण विरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको घटनाहरु दिन-प्रतिदिन संचार माध्यममा आइरहेका बेला केही नेपाली यूवाहरुले एयर एम्बुलेन्स सेवा संचालन अभियान अगाडी सारेका छन् । नेपालभरका १ हजार ग्रेजुएट्स युवा समुहको सक्रियतामा एयर एम्बुलेन्स सेवा दर्ता गरी संचालन प्रक्रियामा अगाडी सरेका हुन् ।

आफ्नो घरपरिवार आफन्त छाडेर रोजगारको शिलशिलामा विदेशतिर हानीने यूवाहरु विभिन्न घटनाका कारण विदेशमै लास बनेर बाकसमा प्याक भै नेपाल फर्किने विडम्बनालाई न्यूनिकरण गर्न तथा विबिध कारणले नेपाल तथा बाह्य मुलुकमा घट्ने मानविए घटनालाई न्यूनिकरण गर्न १ हजार ग्रेजुएट्स अभियान द्धारा सूसुचित गराउन साथै अकालमा ज्यान जाने प्रबृतिलाई एयर एम्बुलेन्स सेवा मार्फत  न्यूनिकरण गर्न यो अभियान थालिएको अभियान्ता अशोक नाथ योगीले बताउनु भएको छ । 

एयर एम्बुलेन्स सेवा दर्ता प्रक्रिया सकिसकेकाले अब अन्य प्रक्रियाका लागि राष्ट्रिय, तथा अन्र्तराष्ट्रिय स्तरका अस्पताल र मेडिकल कलेजहरुसंगको सहकार्यका लागि छलफल प्रक्रिया अगाडी बढेको योगीले बताउनु भएको छ । दिनानुदिन बढ्दै गएको आपत्तकालिन बिपत्त तथा दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि स्वास्थ्य क्षेत्रमा काम गर्ने यूवाहरुको पहलमा तत्काल ५ स्थानमा स्टेशन रहने गरी हिमालायन कर्नाली हस्पिटलको अभियानलाई समेत अगाडी बढाएको अभिन कर्ता योगीले बताउनु भएको छ । 

यस्ता विभिन्न सेवामुखि अभियानको थालनी गरी स्वदेशमै कम्तिमा १० हजार बेरोजगार नेपाली यूवाहरुलाई आत्मनिर्भर बनाउने गरी १ हजार ग्रेजुएट्स यूवा अभियान थालनी गरिएको अभियान्ता हरुले बताएका छन् । हिमाल, पहाड, तराईमा हावापानी सुवाउदो र नेपाली लाई आत्मनिर्भर गराउने अभियानमा सबै सचेत युवाहरु एक जुट भएर लाग्न अबको आवश्यकता भएकाले हातेमालो गर्न अभियान्ताहरुले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ