२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

वैशाखकै गर्मीले मध्य तराईको जनजीवन प्रभावित

१० बैशाख २०७९, शनिबार ०६:४९

 वैशाख १०, महोत्तरी | मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् । 

गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।

यता बढ्दो गर्मीका कारण किरा फट्याङ्ग्राको बिगबिगी भएको छ । जसले बालीनाली सखाप पार्ने किसानको चिन्ता बढेको छ ।

पछिल्लो केही बर्षयता जाडोयाममा अत्याधिक जाडो र गर्मीयाममा अत्याधिक गर्मीका महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्ने गरेको स्थानीय युवा विजय दास सुनाउँछन् ।

उनका अनुसार तापक्रमको अस्वभाविक घटबढले जनजीवनमा मात्रै परिवर्तन ल्याएको छैन अन्न उत्पादन समेत घटेको छ । महोत्तरी किसानगरका अब्दुल रसिदले किरा फट्याङ्ग्रा प्रकोपले बालीनालीमा यति ठूलो हस आउँछ भन्ने सोचेका पनि थिएनन् । तर, किराको प्रकोप, रासायनिक मल तथा  औषधि जथाभावी प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनको बुझाइ छ ।

तापक्रममा भइरहेको अस्वभाविक परिवर्तनले महोत्तरीमा प्राकृतिक विपत्तिको जोखिम पनि बढिरहेको छ । अस्वभाविक बर्षाद कै कारण बाढीपहिरो तथा डुबानको समस्या भइरहेको छ ।

जलवायु परिवर्तनको असर धमाधम सर्वसाधारणमा देखिन थालेपछि विज्ञहरुको सुझावअनुसार हरित अभियान सञ्चालन गरिएको छ । महोत्तरीका जनप्रतिनिधि तथा संघीय संसद गिरिराजमणि पोखरेलले महोत्तरीमा करिब एक लाख बिरुवा रोप्ने अभियान चलाएका छन् । 

बस्ती बढेसँगै अहिले महोत्तरीका हरिया जङ्गल अतिक्रमण हुन थालेका छन् । भू–माफियाको चलखेलले सामुदायिक वन क्षेत्र समेत धमाधम अतिक्रमण गरेर बस्ती बस्न थालेको छ ।

मानवीय क्रियाकलाप कै कारण जलवायु परिवर्तनमा व्यापक हेरफेर भएको र यसलाइ न्यूनिकरणको लागि वृक्षारोपण तथा मानवका नकारात्मक क्रियाकलाप कम हुनु पर्ने वैज्ञानिकहरूको सल्लाह सुझाव रहेको नगरप्रमुख विदुर कार्की बताउँछन् ।

एक तथ्यांकअनुसार महोत्तरीको २० बर्षको तापक्रम हेर्दा अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ । वैज्ञानिकहरूले पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिए पनि संसारमा  हाल त्यो सीमाभन्दा निकै बढी (तीन डिग्री सेल्सियस) भइरहेको छ । 

संयुक्त राष्ट्रसंघले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी  प्रतिवेदनमा पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउनु पर्ने आवश्यताालाई जोड दिइएको  छ ।

मानवीय क्रियाकलापले जलवायुमा परिवर्तन हुँदा मानव अस्तित्वमा नै गम्भीर असर परिरहेको र त्यसको असर नकारात्मकउन्मुख रहेको छ । 

जलवायु परिवर्तसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनअनुसार ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन गर्न आवश्यक छ ।

अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने सुख्खा र बाढीको समस्यालाई रोक्न सकिने वातावरणविद् नागदेव यादवको तर्क छ ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको ‘कोरल रिफु’ भनिने मुगाको वासस्थान नै मासिनेछ ।

दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमै समुद्रको सतह करिब १० सेन्टिमिटरले बढ्नेछ । तर, तापमानवृद्धि १.५ डिग्रीमा सीमित तुल्याउन सकिए एक करोडभन्दा थोरै मानिस बाढीको जोखिमबाट जोगिन सक्नेछन् ।

त्यसैगरी समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ र धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि ब्यापक प्रभावित हुनेछ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल