१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन

१९ बैशाख २०७९, सोमबार ०८:४३

वैशाख १९, सुर्खेत | आगोको रापले गाला रातै छन् । चाउरिएका गालाले बुढ्यौली प्रष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीका छेउकुनाबाट निस्किएका फुलेका कपालले बुढ्यौलीको थप प्रमाण दिन्छ । तर, हातमा रहेको हथौडाले उनले बुढ्यौली भन्न नपाएको प्रष्ट हुन्छ । 

उनी हुन् दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाका ७५ वर्षीय रघे लुवार । उनी हरेक दिन आठ वर्षीय नातिसँगै भाडाकुँडा बनाउन तल्लिन हुन्छन् । उनको काम आधुनिक वैज्ञानिकहरूको जस्तै छ तर रैथाने काम भएकाले सम्मान पाउन सकेको छैनन् । यो पेशाले सम्मान नपाउँदा उनी आरनमा बसेर काम गर्ने ‘आरन्या बाजे’मा सिमित छन् । 

उनी आरनमा नहुँदा नबस्दा मात्रै होइन घरको भान्सा समेत ठप्प हुन्छ । यही कारण उनी भान्सा ठप्प हुनुभन्दा बुढ्यौली बिर्सन तयार छन् । 

दिनरात आरनमा बसे पनि सोचेअनुरुप आम्दानी नहुँदा गाउँका अरूले यो पेशा नै छोडिसके । अरु शीप नजानेकाले उनी छोड्न पनि सक्दैनन् । ‘बिहान भालेको डाकोसँगै जोश जागरका साथ आविष्कारमा जुट्छु,’ उनले भने, ‘यो कामले शरीरको छाला मात्र पाक्छ, एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ उनी गाउँभरिका भाँडाकुँडा बनाउन आरनमै व्यस्त हुन्छन् तर भनेजस्तो ज्याला पाउँदैनन् ।

बालीकै भरमा चित्त बुझाउँदै आएको उनले बताए । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि सामाजिक चेतनास्तर माथि उक्सिएको तथ्यांक छन् । तर, दैलेखको ठाटीकाँध गाउँपालिकामा भने कुरिती र कुसंस्कारको अवशेष ‘बाली प्रथा’ कायमै छ । 

व्यवसायिक छैन आरन पेशा

ठाटीकाँध गाउँपालिकासहित जिल्लामा करिब डेढ सय घर परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । आगोको रापमा जिउ सेकाएर फलामका भाँडाकुँडा आविष्कार गर्छन् तर ज्याला पाउँदैनन् । ज्याला बापत भाँडाकुुँडा बनाउने तिनै व्यक्ति बोरा बोकेर बाली माग्न घरघर जानुपर्ने बाध्यता रहेको रघे लुवारले बताए । 

रघे लुवा ठाटीकाँध गाउँपालिका–१ र २ वडाबाट करिब पाँच सय घरधुरीका भाडाकुडा बनाउँछन् । ‘विहान ५ बजे उठ्छु,’उनले भने, ‘हसिया, कोदालालगायत सामान धार लाउँदा लाउँदै १२ बजेको पत्तैै हुँदैन,’ उनले भने ।

आरन पेशा नगरौँ त साँझ विहानको गर्जाे टर्दैन गरौँ त परिश्रम अनुसारको फल (ज्याला) मिल्दैन । एक सुपो अन्नमै चित्त बुझाउँनुपरिरहेको उनले बताए । 

गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वन हुन सकेन

गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि करिब १२ लाख रुपैयाँ बराबरको आरन सुधार कार्यक्रम गर्ने गरी योजना बनाएको थियो । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकालेले आरन सुधारको लागि योजना बनाइरहेको छ । उनले भने,‘कसलाई कुन सामग्री वितरण गर्ने, के गर्ने भन्ने योजना र छलफलमै छौँ ।’ 

गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा पनि ६ लाख छुट्याएको थियो । समय अपुगका कारण ६ लाख बजेट कार्यान्वयन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । 

              

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै