2026-08-30 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन

वैशाख १९, सुर्खेत | आगोको रापले गाला रातै छन् । चाउरिएका गालाले बुढ्यौली प्रष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीका छेउकुनाबाट निस्किएका फुलेका कपालले बुढ्यौलीको थप प्रमाण दिन्छ । तर, हातमा रहेको हथौडाले उनले बुढ्यौली भन्न नपाएको प्रष्ट हुन्छ । 

उनी हुन् दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाका ७५ वर्षीय रघे लुवार । उनी हरेक दिन आठ वर्षीय नातिसँगै भाडाकुँडा बनाउन तल्लिन हुन्छन् । उनको काम आधुनिक वैज्ञानिकहरूको जस्तै छ तर रैथाने काम भएकाले सम्मान पाउन सकेको छैनन् । यो पेशाले सम्मान नपाउँदा उनी आरनमा बसेर काम गर्ने ‘आरन्या बाजे’मा सिमित छन् । 

उनी आरनमा नहुँदा नबस्दा मात्रै होइन घरको भान्सा समेत ठप्प हुन्छ । यही कारण उनी भान्सा ठप्प हुनुभन्दा बुढ्यौली बिर्सन तयार छन् । 

दिनरात आरनमा बसे पनि सोचेअनुरुप आम्दानी नहुँदा गाउँका अरूले यो पेशा नै छोडिसके । अरु शीप नजानेकाले उनी छोड्न पनि सक्दैनन् । ‘बिहान भालेको डाकोसँगै जोश जागरका साथ आविष्कारमा जुट्छु,’ उनले भने, ‘यो कामले शरीरको छाला मात्र पाक्छ, एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ उनी गाउँभरिका भाँडाकुँडा बनाउन आरनमै व्यस्त हुन्छन् तर भनेजस्तो ज्याला पाउँदैनन् ।

बालीकै भरमा चित्त बुझाउँदै आएको उनले बताए । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि सामाजिक चेतनास्तर माथि उक्सिएको तथ्यांक छन् । तर, दैलेखको ठाटीकाँध गाउँपालिकामा भने कुरिती र कुसंस्कारको अवशेष ‘बाली प्रथा’ कायमै छ । 

व्यवसायिक छैन आरन पेशा

ठाटीकाँध गाउँपालिकासहित जिल्लामा करिब डेढ सय घर परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । आगोको रापमा जिउ सेकाएर फलामका भाँडाकुँडा आविष्कार गर्छन् तर ज्याला पाउँदैनन् । ज्याला बापत भाँडाकुुँडा बनाउने तिनै व्यक्ति बोरा बोकेर बाली माग्न घरघर जानुपर्ने बाध्यता रहेको रघे लुवारले बताए । 

रघे लुवा ठाटीकाँध गाउँपालिका–१ र २ वडाबाट करिब पाँच सय घरधुरीका भाडाकुडा बनाउँछन् । ‘विहान ५ बजे उठ्छु,’उनले भने, ‘हसिया, कोदालालगायत सामान धार लाउँदा लाउँदै १२ बजेको पत्तैै हुँदैन,’ उनले भने ।

आरन पेशा नगरौँ त साँझ विहानको गर्जाे टर्दैन गरौँ त परिश्रम अनुसारको फल (ज्याला) मिल्दैन । एक सुपो अन्नमै चित्त बुझाउँनुपरिरहेको उनले बताए । 

गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वन हुन सकेन

गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि करिब १२ लाख रुपैयाँ बराबरको आरन सुधार कार्यक्रम गर्ने गरी योजना बनाएको थियो । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकालेले आरन सुधारको लागि योजना बनाइरहेको छ । उनले भने,‘कसलाई कुन सामग्री वितरण गर्ने, के गर्ने भन्ने योजना र छलफलमै छौँ ।’ 

गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा पनि ६ लाख छुट्याएको थियो । समय अपुगका कारण ६ लाख बजेट कार्यान्वयन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । 

              

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने