2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बालविवाह र मातृशिशु मृत्युदर घटाउन छोरीकाे बिमा

 वैशाख २१, भैरहवा | बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएकाे छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु मृत्युदर र बालविवाहको चर्को समस्या छ । यी दुवै समस्या न्यूनीकरणका लागि  रूपन्देहीको गैँडहवा गाउँपालिकाले ‘बालिका बिमा अभियान’ चलाएको हाे । 

गाउँपालिकाका अध्यक्ष बछु केवटका अनुसार, २० हजार रुपैयाँ गाउँपालिकाको र ५ हजार रुपैयाँ अभिभावकको गरी गाउँपालिकामा जन्मने प्रत्येक बालिकाको २५ हजार रुपैयाँको बिमा गरिन्छ । छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न मिल्ने बिमा रकम त्यतिञ्जेल रकम झण्डै चार लाख पुग्नेछ ।

केवट भन्छन्– ‘त्यतीबेला छोरीहरूका लागि यो रकम उच्च शिक्षा अथवा आत्मनिर्भरताका लागि काम लाग्ने छ ।’ पछिल्लो जनगणना अनुसार, ४७ हजार पाँच सय जनसंख्या रहेको गैँडहवामा अशिक्षाका कारण सबैले जन्मदर्ता नगर्ने हुँदा वार्षिक कति बालबालिका जन्मे भन्ने तथ्यांक छैन । त्यै पनि अभियान सुरु भएको चार वर्ष हुँदासम्म गैँडहवा गाउँपालिकामा २ सय ३१ बालिकाको बिमा भएको छ । 

बालिका बिमा अभियानको सुरुआतीताका आकर्षण त्यति धेरै नदेखिए पनि अहिले ह्वात्तै आकर्षण बढेको छ । आर्थिक वर्ष २०७५/०७६ सालमा छोरी बिमा अभियान सुरु हुँदा गैँडहवा गाउँपालिकाका २१ जना छोरीको मात्रै बिमा गरिएको थियो । यो संख्या आर्थिक वर्ष २०७७/०७८ मा आइपुग्दा ७५ जना पुगेको छ । 

गैँडहवाले गएको आर्थिक वर्ष ७५ जना छोरीको बिमा गरिदियो । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा ६७ जनाको बिमा भएको थियो । यस अहिलेको आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै ६८ जना छोरीको बिमा भइसकेको छ । गाउँपालिकाकले ‘यो आर्थिक वर्षमा २५ लाख छुट्याइएको थियो । त्यतिले नपुग्ने देखिएको छ ।’ अभियानको प्रचारप्रसार र बढ्दो चेतनाका कारण छोरी बिमामा आकर्षण बढेको हो । ‘अहिले बिमा गर्न बहुत् लोड छ । दैनिक एक दुई जना आइरहेका छन् ।’

बिमा व्यवस्थापन र कार्यान्वयनका गाउँपालिकाले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार, बालिका जन्मेको ३५ दिन वा सो आर्थिक वर्षभित्र जन्मदर्ता गरी अभिभावकले वडा कार्यालयमा बिमाका लागि निवेदन दिनुपर्छ । बालिका जन्मेको जन्मदर्तासहित निवेदन दिएपछि बाबुआमाको रु.५ हजार र गाउँपालिकाको २० हजार रुपैयाँ गरी बैंकमा २५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था छ । कार्यविधि अनुसार बालिका २० वर्ष पुगेपछि मात्रै २५ हजारको साँवा-ब्याज निकाल्न पाइनेछ । गाउँपालिकाका अध्यक्ष केवट भन्छन्, ‘अहिले बिमा गरेका छोरीका लागि त्यति बेला करिब चार लाख रुपैयाँ बैंकमा जम्मा भइसकेको हुनेछ ।’

बालिका बिमाका लागि कार्यविधिमा मुख्य दुई वटा शर्त राखिएका छन्, जसले यो अभियानलाई महत्वपूर्ण बनाएको छ । कार्यवधिअनुसार गर्भवती महिलाले स्वास्थ्य संस्थामा नै ‘डेलिभरी’ गराएको हुनु पर्नेछ । त्यस्तै २० वर्षसम्म छोरीलाई विवाह गरिदिन पाइने छैन् । कार्यविधिमा रहेका यी शर्तले बिमालाई बालविवाह र मातृशिशु मृत्युदर कम गराउने महत्वपूर्ण अस्त्र बनाएको गाउँपालिका अध्यक्ष केटवको बुझाई छ । 

‘छोरीहरूको २० वर्ष अघि नै विहे भयो भने बिमा रकम पाइँदैन । स्कुल पनि पठाएकै हुनुपर्छ नत्र बिमा रकम रोकिन्छ,’ उनी भन्छन्–‘देहातमा बालविवाहको भयावह अवस्थालाई कम गर्न स्थानीयलाई चेतनशील बनाउने अभियानको रूपमा बिमा अभियान सुरु गरेका हौं ।’ गाउँपालिकाको योजनाअनुसार, २० वर्ष पुगेपछि बिमा गरेका छोरीका लागि बिमा रकमले आत्मनिर्भर बन्न प्रेरित गर्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक