२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण प्रयासको आरोप

२४ बैशाख २०७९, शनिबार ०९:५४

वैशाख २४, बुटवल | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लागेको छ । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सीमानगरमा कांग्रेस कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् । त्यस क्रममा केही बालिकामाथि दुव्र्यवहार समेत भएको पीडित बालिकाहरूले बताएका छन् । 

घटनामा पीडित एक बालिकाले आफूलाई लछारपछार गर्दै दुव्यर्ववहार गरेको बताइन । उनले कार्यक्रम बिथोलेको भन्दै प्रहरी चौकी ड्राइभरटोलमा कारवाहीको माग गर्दै निवेदन दिएकी छन् । बालसञ्जालकी सदस्य ती बालिकाले लक्ष्मण मल्ल र श्याम क्षेत्रीको नाममा किटानी जाहेरी दिँदै २५–३० जनाको समूहले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताइन् ।

प्रहरी कार्यालयमा निवेदन लिएर गएकी उनले चेतनामुलक कार्यक्रम गर्दा आफुहरूलाई राजनीतिक रंग दिइएको भन्दै कांग्रेस समर्थकहरूबाट आक्रमणको प्रयास, हातपातको प्रयास भएकाले न्याय पाउनुपर्ने बताइन् ।

प्रहरी चौकी ड्राईभरटोलका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले पीडितले आफूमाथि हातपात र लछारपछार गरिएको उजुरी आएको र घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

 तिलोत्तमा नगरपालिकाले २५ वैशाखसम्म बाल सञ्जाललाई नियमित कार्यक्रम गर्न पाइने सूचना दिएपछि सञ्जालका बालबालिका सीमानगरमा कार्यक्रम गर्न पुगेका थिए । 

तर, कार्यक्रम सकिँदै गर्दा निर्वाचन आचारसंहिता विपरित राजनीति गरेको भन्दै आफूहरूमाथि लक्ष्मण मल्लसहितको टोलीले आक्रमण प्रयास गर्नुका साथै हातपात गरेको वडा बाल सञ्जाल तिलोत्तमा ४ की अध्यक्ष आईस्मा खरेलले बताइन् । 

बाल सञ्जालले यसअघि पनि तिलोत्तमा–४ को सिमानगरमा न्यानो कपडा वितरण, सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको र त्यहाँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेकाले भर्ना गराउन सचेतनामुलक कार्यक्रमका साथै जन्मदर्ता गर्न छुटेकालाई जन्मदर्ता गराउन भन्दै सीमानगरमा सञ्जालका सहजकर्ता लक्ष्मी ज्ञवाली, बालबालिका फोकल पर्सन मञ्जु थापासहित त्यहाँ पुगेका थिए ।

बाल सञ्जालका नगरसचिव सचेत बस्नेतले कार्यक्रममा आफूहरूलाई नबोलाएको अरु कसैको निर्देशनमा कार्यक्रम गरेको भन्दै अपशब्द प्रयोग गरी गालीगलोजका साथै हातपात प्रयास गरेको बताए । त्यस्तै, सञ्जालका सदस्य सचिन क्षेत्रीले साइकलमा निस्कदै गर्दा कुटपिट गर्ने धम्की दिएको बताए ।

बाल फोकल पर्सन मञ्जु थापाले बालबालिकाको कार्यक्रमलाई राजनीतिक विषय बनाइएको भन्दै यो कार्यक्रम राजनीतिक नभई बालबालिकाको भएको बताइन् । उनले १८ बर्ष नपुगेका बालबालिकाको कार्यक्रममा त्यसरी कांग्रेस कार्यकर्ताले धम्काउँदा नराम्रो असर परेको बताइन् ।

नेपाली कांग्रेसका कार्यकर्ताले बालबालिका र सहजकर्तालाई आक्रमण र हातपातको प्रयास गरेपछि उनीहरु भागेर वडा नंम्बर ४ को वडा कार्यालयमा शरणका लागि पुगेका थिए । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले घटना बारे आफूले प्रहरीलाई जानकारी गराइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य