२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण प्रयासको आरोप

२०७९, २४ बैशाख शनिबार ०९:५४

वैशाख २४, बुटवल | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लागेको छ । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सीमानगरमा कांग्रेस कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् । त्यस क्रममा केही बालिकामाथि दुव्र्यवहार समेत भएको पीडित बालिकाहरूले बताएका छन् । 

घटनामा पीडित एक बालिकाले आफूलाई लछारपछार गर्दै दुव्यर्ववहार गरेको बताइन । उनले कार्यक्रम बिथोलेको भन्दै प्रहरी चौकी ड्राइभरटोलमा कारवाहीको माग गर्दै निवेदन दिएकी छन् । बालसञ्जालकी सदस्य ती बालिकाले लक्ष्मण मल्ल र श्याम क्षेत्रीको नाममा किटानी जाहेरी दिँदै २५–३० जनाको समूहले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताइन् ।

प्रहरी कार्यालयमा निवेदन लिएर गएकी उनले चेतनामुलक कार्यक्रम गर्दा आफुहरूलाई राजनीतिक रंग दिइएको भन्दै कांग्रेस समर्थकहरूबाट आक्रमणको प्रयास, हातपातको प्रयास भएकाले न्याय पाउनुपर्ने बताइन् ।

प्रहरी चौकी ड्राईभरटोलका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले पीडितले आफूमाथि हातपात र लछारपछार गरिएको उजुरी आएको र घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

 तिलोत्तमा नगरपालिकाले २५ वैशाखसम्म बाल सञ्जाललाई नियमित कार्यक्रम गर्न पाइने सूचना दिएपछि सञ्जालका बालबालिका सीमानगरमा कार्यक्रम गर्न पुगेका थिए । 

तर, कार्यक्रम सकिँदै गर्दा निर्वाचन आचारसंहिता विपरित राजनीति गरेको भन्दै आफूहरूमाथि लक्ष्मण मल्लसहितको टोलीले आक्रमण प्रयास गर्नुका साथै हातपात गरेको वडा बाल सञ्जाल तिलोत्तमा ४ की अध्यक्ष आईस्मा खरेलले बताइन् । 

बाल सञ्जालले यसअघि पनि तिलोत्तमा–४ को सिमानगरमा न्यानो कपडा वितरण, सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको र त्यहाँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेकाले भर्ना गराउन सचेतनामुलक कार्यक्रमका साथै जन्मदर्ता गर्न छुटेकालाई जन्मदर्ता गराउन भन्दै सीमानगरमा सञ्जालका सहजकर्ता लक्ष्मी ज्ञवाली, बालबालिका फोकल पर्सन मञ्जु थापासहित त्यहाँ पुगेका थिए ।

बाल सञ्जालका नगरसचिव सचेत बस्नेतले कार्यक्रममा आफूहरूलाई नबोलाएको अरु कसैको निर्देशनमा कार्यक्रम गरेको भन्दै अपशब्द प्रयोग गरी गालीगलोजका साथै हातपात प्रयास गरेको बताए । त्यस्तै, सञ्जालका सदस्य सचिन क्षेत्रीले साइकलमा निस्कदै गर्दा कुटपिट गर्ने धम्की दिएको बताए ।

बाल फोकल पर्सन मञ्जु थापाले बालबालिकाको कार्यक्रमलाई राजनीतिक विषय बनाइएको भन्दै यो कार्यक्रम राजनीतिक नभई बालबालिकाको भएको बताइन् । उनले १८ बर्ष नपुगेका बालबालिकाको कार्यक्रममा त्यसरी कांग्रेस कार्यकर्ताले धम्काउँदा नराम्रो असर परेको बताइन् ।

नेपाली कांग्रेसका कार्यकर्ताले बालबालिका र सहजकर्तालाई आक्रमण र हातपातको प्रयास गरेपछि उनीहरु भागेर वडा नंम्बर ४ को वडा कार्यालयमा शरणका लागि पुगेका थिए । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले घटना बारे आफूले प्रहरीलाई जानकारी गराइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल