२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको बरहथवा–१७ मा मतदान जारी

२०७९, ३ जेष्ठ मंगलवार ०४:५३

जेठ ३, सर्लाही | गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी ५ बजे सम्म मतदानको तालिका सार्वजनिक गरेको थियो । 


बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनः चलिरहेको जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलकाअनुसार गत शुक्रवार बरहथवा नगरपालिका–१७, को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा विवाद भए पछि साँझसम्म जम्मा ३७२ मतमात्र खसेको थियो । 

गत ३० वैशाख शुक्रबार मतदान सुरु भएलगतै जनता समाजवादी पार्टी (जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गराएको र मध्यान्हबाट अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए ।

सोही उजुरीको आधारमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत दुईवटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ