२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाजुले बहिनीलाई श्रीमती बनाएको आजै सुनियो, बुहारीलाई श्रीमती बनाई कोठामा थुनियो

१८ भाद्र २०७३, शनिबार १२:४८

प्रेम सुनार/भदौ १८, गुल्मी ।  हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको आज दरखाने दिन । विहानै सदरमुकाम तम्घासको उदिनढुङ्गा जिप पार्कमा यात्रुहरुले भोग्नु परेको सास्तीवारे रिर्पोटिङ्ग गर्न पुगेको थिएँ  । त्यही क्रममा एक चिया पसलमा पुगेर चिया पिउन थाले । म भन्दा पल्लो कुर्ची–टेवुलमा तिन जना चेलीहरु प्नि चिया खाँदै दुख–सुखका कुराहरु गरिरहेका थिए । उनिहरुले मलाई चिनेका रहेछन् ।

मलाई उनिहरुले तपाई प्रेम सुनार होईन र भनेर सोधे । मैले हजुर हो भने । अवको १५ दिन पछि मैले पनि एउटा ओझेलका खवर बनाउन सक्छु भनेर ति मध्येकी एउटी वहिनीले भनिन्  । मैले चासो लिदै सोधे के सम्वन्धमा होला भनेर ।

उनले आफ्नो कुरा यसरी सुनाईन्–‘ कहानि गम्भीर छ । मेरो बुढोले वहिनी भगाएर पोखरा लगेर राखेको रहेछ । अहिले ११ वर्ष पछि म पोखरा पुगेर उनिहरुलाई फेला पारें । दुई सन्तान पनिजन्माएका रहेछन् । प्रहरीको सहयोगबाट मैले हालै उनिहरु मध्ये श्रीमानलाई प्रहरीको हिरासतमा लिन सफल भएकी छु भने ति दुई सन्तान र सौता बनेकी नन्दलाई घरै ल्याएर आएकी छु ।

ससुरा वुवाले उसलाई सुरुमा भित्राउन नचाहे पनि अहिले भित्राउनु भएको छ ।  म यो छोरीको मुख हेरेर अनि वाउ आमाको ईज्जत सम्झेर गत ११ वर्ष देखि घरमै पिडा सहेर बसें ।

 यि दिदी वहिनीहरु वालपनका साथी र दाजुभाईका छोरीहरु समेत हुन् । उनिहरुसंग आज सात–आठ वर्ष पछि तिज मान्ने अवसर पाएकी छु । उनिहरु हाँसी खुशी छन् । म पिडामा छु र पनिआज उनिहरु संग पिडा पोख्न पाउँदा हलुङ्गो मन भएको छ । छोरी कोखैमा थिईन् । मुहारमा निन्नाउरोपन थियो ।

उनले गाडी नपाएर अलपत्र परेको समस्या सुनाउँदै भनिन्–‘ यहाँ गाडी कुरेको तिन–चार घण्टा भयो । गाडी पाईएको छैन् । कति वेला  पाईएला र आमा वुवासंग मनको वह पोखुँला जस्तो भएको छ । उनले त्यसो भनिरहँदा उनका वालपनका साथीहरुले कठै………..को मुद्रामा हेरिरहेका थिए ।

आजको दिन दाजु भाई दिदी वहिनीले श्रद्धा गर्नु पर्ने दिन तर आजकै दिन एक दाजु भनाउँदोले वहिनी संग लभ चक्कर चलाएर भगाएको कुरा सुन्दा मेरो ज्यान सिरिङ्ग ग¥यो । सहोदर दाजु वहिनी हुन कि के हुन भनेर मैले सोधे । होईन काकाकी छोरी हो भनेर उनले जवाफ दिईन् । त्यो पनि विवाहित वहिनी भएको उनले खुलासा गरिन् ।

घटना गुल्मी  क्षेत्र नम्वर २ अन्तरगतको रहेछ । अहिले नै नाम विवरण नखुलाई दिनु होला तर आजको दिन यस्ता नरपिचास दाजु र वहिनीहरुको चर्तिकला र म जस्ता पिडित महिलाहरुको कथा व्याथा उठाउदा फरक पर्दैन् भन्ने कुरा उनले गरिन् ।

यस्तो पिडामा पनि तपाई खुशी नै देखिनु हुन्छ नि भनेर मैले भने । के गर्ने कति रुने ? हाँसेरै पिडा दवाएकी छु उनले नचाहेर निस्केको हाँसो संगै भनिन् । यो तिजको वेला वहिनी भनाउँदी श्रीमतिका रुपमा घर भित्रिएकी छिन् । दाजु भनाउँदो व्यक्ति प्रहरी खोरमा रहेको उनले बताई रहँदा सुन्ने जो कोहीले थुईया भन्दै थिए । त्यही कुरा चलि रहँदा उता गुल्मीकै बडागाउँ २ बाट एक जना मित्रको फोन आयो ।  बडागाउँ २ को गजुङ्ग गाउँमा पनि त्यस्तै हाडनातामा लभ चक्कर चलेको खवर प्राप्त भयो ।

गत पुषमा त्यहाँका एक युवाले दोहली गाविसबाट एउटी युवतीसंग लभ गरेर विहे गरेको रहेछन् ।  उनिहरुको दाम्पत्य जिवन निकै सुखतसंग वित्दै गएको रहेछ । तर घरै  मुनीको आफ्नै काकाले बुहारीको जवानीमा गिद्धेदृष्टी लगाउँदै आएको रहेछ  ।

जव भतिजो विदेश जाने चक्करमा काठमाण्डौं गयो तव काकाले बुहारीको जवानी लुट्नका लागि ढाडे विरालोको रोल खेल्न थाल्यो  । नभन्दै भदौं १० गते राती उनै बुहारीको विस्तरामा परिवारले रंङ्गेहात फेला पा¥यो त्यो काका भनाउँदोलाई  ।

दुई दिन सम्म ति नक्चरी बुहारीलाई कोठामैं थुनेर राखियो । गाउँमा छलफल चल्यो ति दुवैले आफुहरु विच अवैध सम्वन्ध रहँदै आएको स्वीकार गरेर त्यो काका भनाउँदाले वुहारीलाई घर भित्राउन राजी भए । धनमाल सहित ५० हजार तिरेर घर भित्राईएको ति मित्रले बताए ।

अहिले त्यस्ता  हाडनाता करणीकर्तालाई गाउँ निकाला गर्नुपर्छ भन्दै दाजु भाई जुटिरहेको उनले जानकारी दिए ।  ९ महिना अघि सम्म उनै पुर्वपतिसंग कति वेला दुई मुटु एक हुन पाउँला भनेर कामना गरेकी र उनका लागि वर्त समेत बसेकी ति युवतीले दुईचार दिन श्रीमान काठमाण्डौं जाँदा त्यो अलाछिने जवानीको हुरी वतास थेक्न सकेको भए आज तिजको दिन अरु चेली जस्तै हाँसीखुशी माईत जाने थिईन् । 

तर हेनुस् त आज उनि घर देखि वाहिर निस्केर ठाडो शिर लगाउन सकेकी छैनन् । उता दोहलीस्थित माईतीले त्यसको अनुहार देख्न नपरोस भनेर सरापी रहेका छन् । पुर्व पतिले काठमाण्डौंबाट घर फर्किदा विवाहको पहिलो वर्षको तीजमा श्रीमतिलाई माईत पठाउनका लागि किन मेलको सुरु ताल कसेको  वेला त्यस्तो खवर सुने पछि रनाहमा पर्दै घर फर्केको ति मित्रले बताए । उफ………खायो मासु गयो जिन्दगी यो कहि नभाको लभ चक्करले ……. भन्नु कि अलाछिने बैंसको टक्करले….!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य