२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’

१३ जेष्ठ २०७९, शुक्रबार ०३:१२

जेठ १३, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशासनले विजय बिक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताए ।

उनले भने–‘ सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाइको मृत्यु भयो शव लैजान मलाई मात्र मोटरसाइकलमा लगियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको शव देख । तर, शवको  मुचुल्का कागजमा भने मृतकको नाम विजय विक्रम शाहको उल्लेख थियो । मैले मेरो भाइको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।’ 

कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि आश्चर्यचकित बनाएको उनले बताए । उनले भने,  भाइको सामान भनेर पठाइएको छ । यी सामान भाइका हुँदै होइनन् । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’ उनले भाइलाई कारागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।

उनले गत ७ जेठ आइतबार रोल्पा कारागारलेई शव बुझाउदा भाइको शरीर भरी कुटपिट भएको निल डाम रहेकोले घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरे । उनले न्याय नपाउदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शव गृहमा राखिएको छ । 

रोल्पा कारागारमा मृत्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५र६र२३ र २०७६र१०र२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७र ०८र ०८ गते कारागार स्थान्तरण गरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

घटनामा सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घटना थप रहस्यमय बनेको थियो । 

कारागारको विवरण उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृत्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक भएको मृत्यु घटनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ । 

मृतक सुन्दरले विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाईएको आशंका गर्दै गर्दा हरिजनमाथि मोवाईल चोरीको आरोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य