2026-07-09 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

चक्कु रोपिएर मदरसा फैजानेमा एक विद्यार्थीको मृत्यु, दुई दिनसम्म घटना गुपचुप

जेठ १४, नेपालगञ्ज | फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।

गत १२ जेठ साँझ ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई गम्भीर घाइते भएका थिए । खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिलानै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।

घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएको मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजेनै मृत्यु भएको रहेछ । प्रहरीलाई १४ जेठा बिहान मात्र जानकारी भयो।’ 

उनले घटनामा सम्लग्न आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव लखनउबाट नेपालगञ्ज ल्याएको र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए । उनले भने, ‘मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगिसक्नु भएको छ । पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने छ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो