२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हजारका २० नक्कली नोटसहित दुई जना पक्राउ

१६ जेष्ठ २०७९, सोमबार १३:४१

जेठ १६, वीरगञ्ज | पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् ।

उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई मेलाबाटै १ हजार दरको २० थान नोटसहित पक्राउ गरेको हो । उनीहरूलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण