भदौ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन"/>
३ पुष २०८२, बिहीबार
काठमाडौँ - KTM

छुटेका भूकम्पपीडितको नाम सङ्कलन गरिन्छ: प्रधानमन्त्री

१९ भाद्र २०७३, आईतवार १०:०६

भदौ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको  बताएका छन् । 

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रुपमा लागिरहेको बताउँदै उनले भूकम्पपीडितलाई तत्काल रु एक लाख थपेर रु तीन लाख अनुदान दिइने र रु दुई लाख सहुलियत ऋण गरी रु पाँच लाख उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको प्रतिनिधिमण्डललाई जानकारी दिए । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफुले पहल गरिरहेको समेत जानकारी दिए । 

भेटका क्रममा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि र भूकम्पपछि पनि पीडितलाई राहत र अनुदानका लागि आफु सिन्धुपाल्चोकमा पटक पटक पुगेको स्मरण गराए । सिन्धुपाल्चोकका सांसदको टोलीमा अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरबहादुर तामाङ र रमेश लामालगायत सहभागी रहेका थिए । 

प्रतिनिधिमण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश गर्नुपर्ने, भूकम्प र बाढीपहिरो पीडितलाई राहत, अरनिको राजमार्ग र तातोपानी नाका तत्काल पुनःसञ्चालन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट