भदौ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन"/>
२०८३, ६ बैशाख आईतवार
काठमाडौँ - KTM

छुटेका भूकम्पपीडितको नाम सङ्कलन गरिन्छ: प्रधानमन्त्री

२०७३, १९ भाद्र आईतवार १०:०६

भदौ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको  बताएका छन् । 

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रुपमा लागिरहेको बताउँदै उनले भूकम्पपीडितलाई तत्काल रु एक लाख थपेर रु तीन लाख अनुदान दिइने र रु दुई लाख सहुलियत ऋण गरी रु पाँच लाख उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको प्रतिनिधिमण्डललाई जानकारी दिए । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफुले पहल गरिरहेको समेत जानकारी दिए । 

भेटका क्रममा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि र भूकम्पपछि पनि पीडितलाई राहत र अनुदानका लागि आफु सिन्धुपाल्चोकमा पटक पटक पुगेको स्मरण गराए । सिन्धुपाल्चोकका सांसदको टोलीमा अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरबहादुर तामाङ र रमेश लामालगायत सहभागी रहेका थिए । 

प्रतिनिधिमण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश गर्नुपर्ने, भूकम्प र बाढीपहिरो पीडितलाई राहत, अरनिको राजमार्ग र तातोपानी नाका तत्काल पुनःसञ्चालन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ