भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । "/>
१ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ: मन्त्री निधि

१९ भाद्र २०७३, आईतवार १०:४५

भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को २७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनअघि मधेसी मोर्चासँग वार्ता गरी समस्या समाधान गरिने  बताए । 

“मधेसी मोर्चालाई संविधानमा सहमत गराई स्थानीय, प्रादेशिक र सङ्घीय (केन्द्रीय) निर्वाचन गराउनु सरकारको प्रमुख प्राथमिकता हो, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई पनि प्राथमिकता दिइनेछ, यी काम सम्पन्न गर्न कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ”–उनले भने । 

नेपाली काँग्रेसकी नेत्री एवम् सांसद कमला पन्तले सरकारमा काँग्रेसका मन्त्रीहरुले आफ्नो प्रभाव राख्नुपर्ने सुझाव दिईन । कार्यक्रममा सङ्घका अध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटा, पूर्वअध्यक्षद्वय भवानीप्रसाद थानी र भानुभक्त ढकाल, महासचिव जितबहादुर मडैलगायतले जनमुखी सेवा प्रवाह गर्न स्थायी सरकार कर्मचारी लाग्नुपर्नेमा जोड दिए । 

सो अवसरमा स्मारिका ‘कर्मचारी’ को विमोचन गरिनाका साथै पूर्वसचिवद्वय माधवप्रसाद रेग्मी र विश्वप्रकाश पण्डित, पूर्वउपसचिव रामहरि अर्याल तथा शाखा अधिकृतद्वय श्यामजङ्ग कार्की एवम् सुदर्शन दवाडी लगायतलाई लामो समय सेवा गर्नुभएकामा सम्मान गरियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल