भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । "/>
2026-06-24 06:18 PM
काठमाडौँ - KTM

कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ: मन्त्री निधि

भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को २७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनअघि मधेसी मोर्चासँग वार्ता गरी समस्या समाधान गरिने  बताए । 

“मधेसी मोर्चालाई संविधानमा सहमत गराई स्थानीय, प्रादेशिक र सङ्घीय (केन्द्रीय) निर्वाचन गराउनु सरकारको प्रमुख प्राथमिकता हो, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई पनि प्राथमिकता दिइनेछ, यी काम सम्पन्न गर्न कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ”–उनले भने । 

नेपाली काँग्रेसकी नेत्री एवम् सांसद कमला पन्तले सरकारमा काँग्रेसका मन्त्रीहरुले आफ्नो प्रभाव राख्नुपर्ने सुझाव दिईन । कार्यक्रममा सङ्घका अध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटा, पूर्वअध्यक्षद्वय भवानीप्रसाद थानी र भानुभक्त ढकाल, महासचिव जितबहादुर मडैलगायतले जनमुखी सेवा प्रवाह गर्न स्थायी सरकार कर्मचारी लाग्नुपर्नेमा जोड दिए । 

सो अवसरमा स्मारिका ‘कर्मचारी’ को विमोचन गरिनाका साथै पूर्वसचिवद्वय माधवप्रसाद रेग्मी र विश्वप्रकाश पण्डित, पूर्वउपसचिव रामहरि अर्याल तथा शाखा अधिकृतद्वय श्यामजङ्ग कार्की एवम् सुदर्शन दवाडी लगायतलाई लामो समय सेवा गर्नुभएकामा सम्मान गरियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक