२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

परिवारबाट हिंसामा परेको भन्दै ७५ वर्षीय वृद्धले गरे देश छोड्ने निर्णय

१८ जेष्ठ २०७९, बुधबार १३:५५

 जेठ १८, सप्तरी | सबै आमाबुवा आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् । आफू भोकभोकै रहेर पनि आफ्ना सन्तानलाई भोको हुन दिँदैनन् ।

सन्तानको  सुखमा आफ्नो सबै दुःख बिर्सिन्छन् । त्यसरी जीवन समर्पित गर्नुको एउटै उद्देश्य हो सन्तान बुढेसकालको सहारा बनुन् । तर, सप्तरीका एक ७५ वर्षीय वृद्ध आफ्नै श्रीमती र छोराबाट पटक-पटक हिंसामा परेको भन्दै देश छोड्ने निर्णयमा पुगेका छन् ।

रुपनी गाउँपालिका-१ का रामप्रसाद साहले आफ्नै परिवारबाट असुरक्षित रहेको भन्दै न्याय खोजिदिन प्रशासन र पत्रकारसँग आग्रह गरेका छन् ।

छोराहरूले हेला गर्न थालेपछि विगत ९ वर्षदेखि घरपरिवार त्यागेर छिमेकीको घरमा भाडा लिएर बस्दै आएका साह रुपनी बजारमै सानो किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

छोरा आनन्दप्रसाद साह, जितेन्द्रप्रसाद साह र गणेशप्रसाद साहले अनावश्यक कुटपिट गर्ने गरेपछि शान्तिपूर्ण बाँच्नेस्थिति नरहेकोले देश छाड्ने मनसाय बनाएको उनले बताए ।

जेठ १० गते जेठो छोरा आनन्दले विना कारण निहुँ खोजेर कुटपिट गरेको घटनाको विषयमा इलाका प्रहरी कार्यालय रुपनीमा निवेदन दिँदासमेत प्रहरीले चासो नदेखाएको साहको आरोप छ । 

सम्पत्तिको नाममा किराना पसल र सरकारले दिने सामाजिक सुरक्षा भत्ता बाहेक आफूसँग अरू केही नभएको साहले  बताए । 

२०७० सालदेखि श्रीमती र छोराछोरीबाट अलग्गै बस्दै आएको जानकारी दिँदै साहले आफू एक्लै बस्दासमेत बेलाबखत छोराहरूले कुटपिट गर्ने गरेको दुखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै