भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने ब"/>
2026-06-24 06:18 PM
काठमाडौँ - KTM

संबिधान संशोधन गर्न सकिन्छ, मनपरी गर्न पाइदैन: ओली

भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने बताएका छन् ।

स्वास्थ्य परिक्षणका लागि एक साताअघि थाइल्यान्ड गएका एमाले अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने- 'संविधान संशोधन हुनसक्छ । एकपटक संशोधन भई पनि सकेको छ,' ‘तर संविधान संशोधन चाहनेहरुको माग के हो प्रष्ट छैन । माग उचित भए संशोधन हुनसक्छ ।’

संविधान संशोधनबारे आफूहरुसँग कुनै छलफल सम्म नभएको बताउँदै ओलीले थपे –‘संशोधनबारे अखबवारी हल्लाको भरमा बोल्न आवश्यक छैन । कुनै दवाव वा बहकावमा लागेर लोकतन्त्रलाई अप्ठ्यारो पर्नेगरी कसैको स्वार्थका लागि संशोधन गर्ने कुरा होइन ।’

 ओलीले आफू स्वस्थ्य रहेको बताउँदै भने,- ‘म स्वस्थ्य परिक्षणको लागि थाइल्यान्ड गएको हुा । पित पत्रकारिता गर्नेहरुले म र को एजेन्टलाई भेट्न गएको भनेर पनि प्रचार गरे । त्यसको म खण्डन गर्छु ।’

उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कुनै समिक्षा गर्न आवश्यक नभएको समेत बताए । उनले हाँस्दै भने, ‘सरकारको समिक्षा मैले किन गर्नु, मबाहेक अरुले गर्न हुँदैन ?।’ उनले आफू स्वस्थ्य भएर फर्किएको भन्दै बाँकी जीवन संविधान कार्यान्वयनका साथै देशको र पार्टीको लागि खर्चिने बताए । गत भदौ ९ गते थाइल्याण्ड गएका ओलीले बैंककको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक