2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

लुम्बिनीमा पर्यटक बढ्दै, मोदी आएपछि २ सातामै १२ हजार ७ सय ७० भारतिय पर्यटक आए

जेठ २४, भैरहवा | कोभिडले शून्य अवस्थामा पु-याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए । 

त्यस यता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ । 

लुम्बिनी विकास कोषले दिएकोे तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म)मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् । 

तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो ।

कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो ।सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए । 

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ । 

विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइलेण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी घिरावट आएको छ । 

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा चार लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे ।

यस वर्ष २०२१ को मे सम्म पाँच महिनाको अवधिमा मात्रै दुई लाख ८९ हजार ५ सय ९४ जना स्वदेशी पर्यटक लुम्बिनी आएका छन् । यो तथ्याङ्क भने रुपन्देही, कपिलवस्तु र नवलपरासीबाहेकका पर्यटकको सङ्ख्या हो । 

कोषले आन्तरिक पर्यटकका लागिसमेत टिकटको व्यवस्था गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुबाहेक जिल्लाका आन्तरिक पर्यटकहरूबाट पनि प्रवेश शुल्क कोषले लिने गरेको छ । 

नेपाली विद्यार्थीहरूलाई भने ५० प्रतिशत सहुलियतमा टिकट दिने गरेका कोषले जनाएको छ । कोषका अनुसार बुद्धप्रतिको आस्था बढ्दै गएकाले उनको जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर आउने दर्शनार्थीहरूको सङ्ख्या बढ्दै गएको हो । 

लुम्बिनीमा ध्यानसम्बन्धी देशव्यापी कार्यक्रम हुने गरेको छ । त्रिपिटक च्यान्टिङ्गलगायत आध्यात्मिक कार्यक्रमसँगै अन्य कार्यक्रम पनि यहाँ हुने गरेको छ । 

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो