2026-09-12 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी सरकारले सुरु गर्‍याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा

जेठ २४, पोखरा | गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो ।

योसँगै मिर्गौला राेगबाट पीडित र द्वन्द्व पीडितका परिवारका लागि पनि यो कार्यक्रम लागु गरिएको छ । चालू आर्थिक वर्षमै खर्च हुने गरी नाै करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा नि:शुल्क बिमा कार्यक्रम सुरु गरेकाे मन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।

गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने

यसअघि मन्त्रालयले स्वास्थ्य नीति बनाएर जनयुद्ध तथा सबै खालको राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरिसकेको छ । ‘यसअघिका आन्दोलनमा भएका क्षेतिमा सकेसम्म मलम लगाउने प्रयास गरेका छौं,’ मन्त्री अधिकारीले भनिन्, ‘आगामी बजेटमा पनि छुट्टै व्यवस्थापन गर्दैछौं ।’ उनका अनुसार अब सीमान्तकृत र विकट भूगोलका नागरिकलाई स्वास्थ्यमा जोड्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा