२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यातायात कार्यालय गण्डकीले भन्योः हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू

२४ जेष्ठ २०७९, मंगलवार १०:१४

जेठ २४, पोखरा | यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो ।

पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीधनी कार्यालय नआउन भनिएको छ ।

‘अहिले सेवाग्राहीको चाप अधिक बढेको छ । कार्यालयमा विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अरु उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० वटासम्म मात्रै बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘कार्यालय परिसरमा सवारीसाधन पार्किङको पनि समस्या रहेकाले सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि यस कार्यालयबाट नयाँ तथा सरुवा दर्ता भई आउने सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने सूचना अनुरोध छ ।’

सरकारले हतारमा इम्बोस्ड नम्बर फेर्न उर्दी जारी गरेपछि पोखराका संघसंस्थाले विरोध जनाएका छन् । उद्योग वाणिज्य महासंघ र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गरी इम्बोस्ड नम्बर प्लेट फेर्ने निर्णय बदनियतपूर्ण भएको भन्दै सच्याउन आग्रह गरेका छन् । विरोध बढेपछि कार्यालयले सूचना निकालेर नयाँ व्यवस्था नहुँदासम्म पुराना गाडीमा प्लेट नफेरिने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ