२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

८ किलो गाँजासहित युवक पक्राउ

२८ जेष्ठ २०७९, शनिबार ०२:४६

जेठ २८, भैरहवा | रुपन्देहीको भैरहवामा अबैध गाजाको कारोबार हुने गरेको खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले व्यवसायिक रुपमा गाजाको कारोबार गर्ने युवालाई पक्राउ गरेसँगै भैरहवा पनि यसबाट अछुतो नरहेको पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार साढे ४ बजे करिब ८ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय अभिषेक थापा मगरले लागुऔषध गाँजा कारोवार गरेको भन्ने गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरेको हो । प्रहरी टोलीले घरकोठा र शरिर खानतलासी गर्दा थापा बस्ने दुई कोठे टहरे घरको उत्तरतर्फको कोठभित्र दुई वटा निलो प्लाष्टिक र एक वटा रातो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थलाई  बरामद गरेको छ ।

त्यस्तै, सोही कोठामा पहेलो प्लाष्टिकमा पोको पारी राखेको ३ केजी १५० ग्राम गाजा,  सानो डिजिटल मेसिन (तराजुं) १ थान, नेपाली नोट जम्मा १ हजार ७२० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए । 

अर्को कोठाभित्र रहेको स्टिल दराजभित्र लुकाई राखेको अवस्थामा निलो प्लाष्टिकमा ८ सय ग्राम गाँजा भेट्टिएको थियो भने  गाजालाई छुट्टाछुट्टै पोको पारी बिक्री गर्ने अवस्थामा राखिएको र सोही दराजभित्र सेतो प्लाष्टिक ५० थानसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा