पढ्न करिब 2 मिनेट लाग्छ

जेठ २९, पोखरा | निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ ।

‘अन्तराष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन । मैले साथीहरूलाई त्यहि भनिदिएको छु,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘पोखरामा अब प्याराग्लाइडिङ उड्न सम्भव छैन ।’ उडानको सुरक्षाका लागि यहाँ हवाई गतिविधि गर्न नमिल्ने भएको हो ।

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौं प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकका लागि महत्वपूर्ण आकर्षण हो, प्याराग्लाइडिङ । तर, अन्तराष्ट्रिय विमानस्थलका कारण यो व्यवसाय पोखराबाट विस्थापित हुने भएको छ । प्राधिकरणले अंग्रेजी नयाँ वर्षबाट अन्तराष्ट्रिय उडान थाल्ने तयारीअनुसार प्याराग्लाइडिङ सार्न व्यवसायीलाई बोलाएरै आग्रह गरेको हो ।

पोखराबाट वर्षेनी एक लाख ५० हजार पर्यटकले प्याराग्लाइडिङ गर्छन् । ६० वटा कम्पनीले यहाँ प्याराग्लाइडिङको सुविधा दिएको छ । ६ सयभन्दा बढी कर्मचारी यो व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । व्यवसायीहरूले भने प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने बताएका छन् । नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा प्याराग्लाइडिङका लागि भनेरै पनि पर्यटक आउँछन् ।

‘हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन् । यहाँको हावापानीका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको छ,’ उनले भने, ‘पोखराबाट विस्थापित गर्नुपरे बर्बाद हुन्छ । पर्यटन धरासायी हुन सक्छ ।’ व्यवसायीहरूले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरुले सकेसम्म पोखराबाट विस्थापित नगर्न भनेका छन् । पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट गन्तब्यमध्ये तेश्रोमा पर्छ । यहिँबाट विस्थापित भए पर्यटकको संख्या पनि घट्ने व्यवसायीहरूको भनाइ छ ।

प्याराग्लाइडिङसँगै पुतली जहाजको रुपमा परिचित अल्ट्रालाइट र जाइरोकोप्टरले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । हरेक दिन अल्ट्रालाइटले पोखरा बजारसहित हिमालको छेउसम्म यात्रुलाई घुमाउने गरेको छ । विशेषतः चिनियाँ पर्यटकको रोजाइमा पर्छ, अल्ट्रालाइट र प्याराग्लाइडिङ ।