भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मा"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व शान्तिको सन्देश नेपालबाट फैलाउन सकिन्छ: प्रधानमन्त्री

२१ भाद्र २०७३, मंगलवार ०७:१५

भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मावलम्बी सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले बौद्ध समुदायको ठूलो उपस्थिति नेपालमा गर्न सकियो भने विश्वभर शान्तिको सन्देश प्रवाह गर्नाका साथै नेपालको आर्थिक एवम् पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने बताए । 

प्रधानमन्त्रीले भने– “बुद्धको शिक्षा सार्वभौम छ र यो सर्वकालका लागि मान्य हुन्छ । विश्व शान्ति चाहने सबैका लागि समेत उपयोगी हुन सक्छ । नेपाल बुद्धको भूमि भएकाले पनि शान्तिको सन्देश नेपालबाटै फैलनुपर्छ र फैलन्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।” 

प्रधानमन्त्रीले मगध सम्राट् अशोकको भूमिका युद्धबाट फर्केर शान्तिका लागि भए जस्तै आफूले पनि युद्धबाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पु¥याउन चाहेको बताए । 

प्रतिनिधिमण्डलले विश्व शान्तिका लागि बुद्ध भूमिलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता