पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार ९, काठमाडौं | </b>कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ ।<br></p><p>राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।</p><p>कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।</p>

