२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान

२०७९, ११ असार शनिबार ०१:४८

असार ११, बारा | बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेको हो । कारागार चलान गरिएका १२ जनाको बारेमा प्रहरीले शुक्रबारमात्रै विवरण सार्वजनिक गरेको हो ।

हत्या आरोपमा कारागार चलान हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सन्दिप थापा, जीतपुरसिमरा वडा नम्बर २ फुलवारी टोलमा बस्ने वर्ष ४२ का  केवी रिजाल भन्ने  खगेन्द्र रिजाल, सोही पालिका वडा नम्बर २ सम्झौता टोलमा बस्ने वर्ष ३५ का उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा टोलमा वस्ने वर्ष ४८ का अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष ५० का चित्रबहादुर क्षेत्री, सोही ठाउँ बस्ने २४ वर्षका  सुजन भन्ने सुमन लामा  छन् ।

यसैगरी वडा नम्बर ६ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ का राजु अधिकारी, वडा नम्बर ३ शिव मन्दिर टोल बस्ने वर्ष ३४ का मसिने मगर भन्ने कुमार मगर, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सुदिप घिमिरे, वडा नम्बर ३ रामवन टाँडी टोलका वर्ष २६ का सन्तोष खत्री, वडा नम्बर ६ नगौल टोलका वर्ष ५० की दुर्गादेवी खत्री र सोही ठाउँमा बस्ने वर्ष ५० का संते बछार भएको प्रहरीले जनाएको छ । 

३० वैशाख अर्थात स्थानीय निर्वाचनका दिन बिहान ३ः३० बजे स्थानीय चित्रबहादुर क्षेत्रीको घरमा पौडेलको हत्या गरेको भन्दै मृतकका पिता चिरञ्जीवी भक्त पौडेलले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

क्षेत्री समेतले घरमा बोलाएर छोराको हत्या गर्ने मनसायले कुटपिट गरेको र उनको मृत्यु भएको आरोप लगाएका थिए । पक्राउ परेका क्षेत्रीको घरमा राति अवेरसम्म बसेका पौडेललाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाने क्रममा सोही दिन मृत्यु भएको थियो । 

उनको मृत्यु स्वभाविक नभएको भन्दै मृतकका आफन्तले प्रहरीमा क्षेत्रीसहितका १२ जना विरुद्ध जाहेरी दिएको थियो । घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै पौडेल पक्षले सडक जाम गरेर जीतपुर बजारमा आन्दोलन समेत गर्दै आएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर