२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान

११ असार २०७९, शनिबार ०१:४८

असार ११, बारा | बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेको हो । कारागार चलान गरिएका १२ जनाको बारेमा प्रहरीले शुक्रबारमात्रै विवरण सार्वजनिक गरेको हो ।

हत्या आरोपमा कारागार चलान हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सन्दिप थापा, जीतपुरसिमरा वडा नम्बर २ फुलवारी टोलमा बस्ने वर्ष ४२ का  केवी रिजाल भन्ने  खगेन्द्र रिजाल, सोही पालिका वडा नम्बर २ सम्झौता टोलमा बस्ने वर्ष ३५ का उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा टोलमा वस्ने वर्ष ४८ का अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष ५० का चित्रबहादुर क्षेत्री, सोही ठाउँ बस्ने २४ वर्षका  सुजन भन्ने सुमन लामा  छन् ।

यसैगरी वडा नम्बर ६ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ का राजु अधिकारी, वडा नम्बर ३ शिव मन्दिर टोल बस्ने वर्ष ३४ का मसिने मगर भन्ने कुमार मगर, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सुदिप घिमिरे, वडा नम्बर ३ रामवन टाँडी टोलका वर्ष २६ का सन्तोष खत्री, वडा नम्बर ६ नगौल टोलका वर्ष ५० की दुर्गादेवी खत्री र सोही ठाउँमा बस्ने वर्ष ५० का संते बछार भएको प्रहरीले जनाएको छ । 

३० वैशाख अर्थात स्थानीय निर्वाचनका दिन बिहान ३ः३० बजे स्थानीय चित्रबहादुर क्षेत्रीको घरमा पौडेलको हत्या गरेको भन्दै मृतकका पिता चिरञ्जीवी भक्त पौडेलले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

क्षेत्री समेतले घरमा बोलाएर छोराको हत्या गर्ने मनसायले कुटपिट गरेको र उनको मृत्यु भएको आरोप लगाएका थिए । पक्राउ परेका क्षेत्रीको घरमा राति अवेरसम्म बसेका पौडेललाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाने क्रममा सोही दिन मृत्यु भएको थियो । 

उनको मृत्यु स्वभाविक नभएको भन्दै मृतकका आफन्तले प्रहरीमा क्षेत्रीसहितका १२ जना विरुद्ध जाहेरी दिएको थियो । घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै पौडेल पक्षले सडक जाम गरेर जीतपुर बजारमा आन्दोलन समेत गर्दै आएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता